असार महिना सबै भन्दा बढी कुन राशिलाई शुभ ? हेर्नुहोस् मासिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

ग्रहयोगहरू अनुकूल रहेकाले चौतर्फी सफलताको समय रहेको छ। रोकिएका काम क्रमशः बन्दै जानेछन्। मनोबलउच्च र हनुका साथै कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । आर्थिक पक्षका कामले लाभ गराउने छ । प्रतिस्पर्धामा महात्वपूर्ण सफलता मिल्ने देखिन्छ। आत्मीय मित्र एवं आफन्तसँगको भेटघाटले मन रमाउनेछ। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जका अवसर मिल्नेछन्। पठनपाठनमा गहिरो अभिरुचि बढेर जानेछ । धार्मिक एवं सामाजिक कार्यमा समेत सहभागी हुनुपर्ने देखिन्छ। महिनाको उत्तरार्धमा स्वास्थ्यका साथै गर्न आँटेका काममा ढिलासुस्तीका साथै सामान्य बाधा अड्चन आइपर्ने देखिन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सामान्य अस्वस्थताको सम्भावना छ। बोलीचालीमा होस् पुर्याउनु होला अन्यथा अप्ठ्यारोमा पार्न सक्ने देखिन्छ। आर्थिक लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन एवं रुकावटको स्थिति आइपर्ला । धार्मिक एवं सामाजिक काममा समेत सक्रिय सहभागिताको योग छ। आर्थिकपक्षका कामबाट राम्रै लाभ मिल्नेछ । महिनाको पूर्वार्धमा घरायसीखर्चको मात्रा बढेर जानुका साथै दाम्पत्य सम्बन्धमासमेत खटपट पर्न जानेछ । महिनाको उत्तरार्धमा विविध उपहार मिल्नुका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अनायासै नसोचेका समास्या आइपर्दा दिकदारी गराउला । सामान्य शारीरिक अस्वस्थताको समेत सम्भावना देखिन्छ । यात्रा एवं सवारी साधन चलाउँदा विशेष होसियारी अपनाउनुपर्ने छ । आफन्त एवं पारिवारिक सम्बन्धमा चिसोपना आउने छ । अध्ययन अध्यापन कार्यमा गहिरो अभिरुचि एवं सफलताको योग छ । आर्थिक लेनदेन एवं ठूलो लगानी नगर्दा नै राम्रो होला । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थता, सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने देखिएपनि उत्तरार्धमा मनोरञ्जन, यात्रा एवं धनागमको योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने देखिन्छ । अनावश्यक दौडधूप केही बढी नै पर्न जाला । सामान्य अस्वस्थता एवं चोटपटकको योग रहेकाले वाहन चलाउँदा विशेष होसियारी अपनाउनुपर्ला । घरायासी खर्चको मात्रा बढेर जानेछ भने लेनदेन सम्बन्धी आर्थिक कारोबारमा हानिनोक्सानीको सम्भावना देखिन्छ । महिनाको पूर्वार्धमा व्यर्थको विवादमा पार्ने, आर्थिक हानि नोक्सानीका साथै पठनपाठनमा बाधा अड्चन आइपर्ने देखिए पनि उत्तर ार्धतिर काममा सफलता, मनोरञ्जन एवं धनागमको योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

ग्रह योग प्रबल रहेकाले गर्न आँटेका काममा सफलता मिल्ने छ । मनोबल उच्च रहनाले कार्यक्षमतामा बढोत्तरी हुनुका साथै मानसम्मान तथा पद प्रतिष्ठा समेत मिल्ने योग छ । अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ । धार्मिक एवं सामाजिक काममा समेत सक्रिय सहभागिताको परिस्थिति आइपर्ला । आर्थिक पक्षका काममा राम्रै लाभ गराउने देखिन्छ । महिनाको पूूर्वार्धमा काममा सामान्य बाधा अड्चन आइपर्ने देखिए पनि उत्तरार्धमा आरोग्यता, मनोरञ्जन एवं मानसिक प्रसन्नता मिल्ने छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

महिनामा ग्रहयोगहरू अनुकूल रहेकाले आँटेका काम एवं सोचेका योजनाले मूर्त रूप लिनेछन् । सामाजिक काममा अभिरुचि बढेर जाने छ । नोकरीमा पद प्रतिष्ठा वृद्धि हुने सम्भावना रहेको छ । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ । स्थान एवं काम परिवर्तनको योग समेत छ । घरायसी खर्चको मात्रा बढेर जानेछ भने सन्तानको चिन्ताले सताउने छ । दाम्पत्य सम्बन्धमा मिठास एवं पारिवारिक सुखको अनुभूति गराउला । आफन्त एवं इष्टमित्रसँगको सम्बन्ध प्रगाढ भएर जानेछ । महिनाको उत्तरार्धमा धनागमका साथै मानसिक प्रसन्नता बढेर जानेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकष्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केहि बढी नै गर्नुपर्नेछ। सामान्य विषयलाई लिएर अनावश्यक विवादमा समेत पार्न सक्ने देखिन्छ । खर्चको मात्रा बढेर जानाले व्यावहारिक कठिनाइ आइपर्नसक्छ । ठूला आर्थिक लगानीका साथै लेनदेन सम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ भने दाम्पत्य सम्बन्धमा समेत चिसोपना बढेर जाला ।पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धतिर क्रमशः हटेर जाने छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाला । स्वास्थ्य स्थित बिग्रन सक्ने देखिएकाले खानपानमा विचार पुर्याउनु पर्ला । अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पुर्याउनु पर्नेछ । घरायसी विषयलाई लिएर दम्पतीमा अनावश्यक विवाद समेत पर्नजाने योग छ । खर्चको मात्रा बढेर जानाले व्यावहारिक कठिनाइ समेत आइपर्नसक्नेछ । मनोरञ्जन एवं प्रेम सम्बन्धमा वियोगान्तको सम्भावना छ । पठनपाठनमा भने अभिरुचि यथावत् नै रहनेछ । महिनाको उत्तर ार्धमा धनागमका साथै धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सामान्य अस्वस्थता योग रहेकाले खानपान सम्बन्धी विषयमा विशेष विचार पुर्याउनु पर्नेछ । अनावश्यक दौडधूप एवं कार्य व्यस्तता बढेर जानेछ । गर्न आँटेका काममा ढिला सुस्ती एवं अनावश्यक बाधा अड्चनआइपर्ने देखिन्छ । घरायसी एवं पारिवारिक सम्बन्धमा सुधारको योग छ ।ठूला लगानी एवं लेनदेन सम्बन्धीआर्थिक कारोबार गर्दा हानि नोक्सानी बेहोर्नुपर्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा बाधा अड्चनको सामना गर्नुपर्ने देखिन्छ। धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि बढेर  जाला । महिनाको उत्तरार्धमा काममा  अवरोध क्रमशः हटेर जाने छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक आरोग्यता एवं मानसिक प्रसन्नता अनुकूल रहने छ । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्नुका साथै महत्वपूर्ण सफलता समेत प्राप्त होला । पारिवारिक सुखसम्बन्ध राम्रो रहने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत रुचि लाग्ने छ । भाग्यले  साथ दिनाले गर्न आँटेका काममा महìवपूर्ण सफलता हात पर्ला । आर्थिक पक्ष दरि लो भएर जाने छ भने इष्टमित्र एवं आफन्तको सहयोग समेत पाइने छ । उच्च मनोबलका साथै तपाईको कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ ।

  कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक एवं मानसिक अस्वस्थताको सिकार बनाउन सक्नेछ। अध्ययन अध्यापनमा अनावश्यक बाधा अड्चन आइपर्ने छन् । गर्न आँटेका एवं  मनले सोचेका योजनामा ढिला सुस्ती गराउने योग छ । स्वास्थ्यमा उतरचढावको परिस्थिति थपिंदै जानेछ । गलत व्यक्तिको सङ्गतले पश्चात्ताप पर्न जाने देखिएकाले सङ्गतमा विचार पुर्याउनु पर्ला । लेनदेन तथा ठूला आर्थिक कारोबार सकभर नगर्दा नै बेस हुने छ । महिनाको अन्त्यतिर नयाँ कामको सम्भावनाका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अनावश्यक दौडधूप एवं कार्य व्यस्तता बढेर जाने छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा होसियारी अपनाउनुपर्ला । घर परिवारमा माङ्गलिक कार्यको शुभारम्भ हुने योग छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । दाम्पत्य सम्बन्ध बलियो भएर जानुका साथै र माइलो पारिवारिक वातावरणको माहोल बन्ने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्ने छ भने साथीभाइ तथा आफन्तको सहयोगले मन रमाउने छ ।

ज्योतिष – हरिप्रसाद पौडेल

प्रकाशित : शनिबार, असार १२, २०७८१५:४४

धेरैजसो घरमा राखिने यस्ता चीजकै कारण तपाई हुन सक्नुहुन्छ कंगाल, केके नराख्ने? जानौ!