शनि ३० वर्षपछि आफ्नै राशिमा फर्किदै, यी राशिलाई साढे सातको दशा !

२०२१ मा शनिदेव मकरमा विराजमान छन्। २४ जनुअरी २०२० मा, शनिदेव धनुलाई छोडेर मकरमा प्रवेश गरेको थियो। २०२१ मा  शनिदेव कुनै पनि राशिमा परिवर्तन भएको थिएन। ज्योतिषका अनुसार शनिदेव बिस्तारै गति चाल्छन्। एक राशिबाट अर्को राशिमा प्रवेश गर्न  करिब डेढ बर्ष लाग्छ। मकर र कुम्भ राशि शनिदेवको आफ्नै राशि हो। शनिदेव ३० वर्षपछि  आफ्नै  मकर राशिमा गोचर गर्दैछ।  शनि मकर राशिमा हुनुको कारण  धनु , मिथुन र तुला राशि हुने व्यक्तिमा शनिको साढे सातको दशा र मिथुन वा तुला राशि हुने व्यक्तिमा शनिको ढैय्या हुनु हो। ज्योतिष अनुसार शनिको साढे सातको दशा जुन राशिको व्यक्तिमा हुन्छ ,उनीहरुले थुप्रै समस्याको सामना गर्नुपर्ने  हुन्छ। तर कुण्डलीमा शनिको शुभ स्थिति  हुँदा शनिदेव दयालु पनि हुन्छन्। शनिदेवले उनीहरूलाई सबै प्रकारका सुख-सुविधा र आराम पनि प्रदान गर्छ।  हामीलाई थाहा पाउनुहोस् शनि कहिँले राशि परिवर्तन गर्नेछ र कुन राशिलाई यसले असर गर्दैछ।

२०२२ मा शनिको राशि परिवर्तन


शनिदेव  अप्रिल २, २०२२ मा मकर राशिलिई छोडेर कुम्भ राशिमा सर्नेछ। शनि  कुम्भ राशिमा परिवर्तन हुँदा  मीन राशिका मानिसहरुलाई शनिको साढे सातको दशाको पहिलो चरण शुरू हुनेछ। शनि कुम्भ राशिमा गोचर हुँदा मकर, कुम्भ र मीन राशिमा शनिको साढे सातको दशा रहनेछ।

धनु राशिको व्यक्तिबाट कहिले हट्छ साढे सातको दशा


२९ अप्रिल २०२२ बाट शनिले मकर छोडेर आफ्नै राशिमा कुम्भमा प्रवेश गर्नेछ। शनि कुम्भ राशिमा प्रवेश गर्ने बित्तिकै धनु राशिमा शनिको साढे सातको दशा समाप्त हुनेछ। तर २०२२ मा शनि फेरि मकरमा गोचर हुने कुराको ध्यान राख्नुपर्नेछ। शनि मकर राशिमा वक्री र  मार्गी हुनाले केहि समयको लागि धनुमा साढे सातको दशा रहनेछ। २०२३ बाट  पूर्णरुपले धनुबाट शनिको साढे सातको दशा अन्त्य हुनेछ।

कहिलेसम्म मकर  राशिमा  शनिको साढे सातको दशा रहन्छ ?


२०२५ मा मकर राशिबाट शनिको साढे सातको दशा समाप्त हुनेछ। ज्योतिष अनुसार शनि जुन एक राशिमा साढे दुई वर्षसम्म रहन्छ त्यस राशिबाट एक राशि पहिला र  एक राशिपछिसम्म शनिको साढे सात दशाको प्रभाव रहन्छ।  त्यसको मतलब तीन राशिमा सहनीको साढे सातको दशा साढे दुईवर्षसम्म रहन्छ।  जब शनि मीन राशिमा गोचार गर्नेछ तब मकर राशि हुने व्यक्तिलाई शनिको साढे सातको दशाबाट मुक्ति मिल्नेछ।

कहिलेसम्म  कुम्भ राशिमा  शनिको साढे सातको दशा रहन्छ ?


कुम्भ  राशिबाट पूर्ण रुपले शनिको साढे सातको दशा ३जून  २०२७ मा हट्नेछ। कुम्भ राशिमा  शनिको साढे सातको दशा पहिलो चरणमा चलिरहेको छ। शनि जब मेष राशिमा जान्छ तब कुम्भ राशि हुने व्यक्तिलाई मुक्ति मिल्नेछ।

प्रकाशित : शनिबार, असार १२, २०७८१८:५३

विपक्षी गठबन्धन विरुद्ध खनिए बिजुक्छेँ !