हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – हप्ताको पहिलो दिन नै सुनको मूल्य बढेको छ। गत हप्ताको शुक्रबार स्थिर रहेको सुनको मूल्य आज आइतबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन ९० हजार २ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन गत हप्ता ९० हजार देखि ९१ हजार रुपैंयाँ सम्ममा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भाने ८९ हजार ५ सय ५० देखि ९० हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु ५ ले बढेर १३ सय ५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : आइतबार, असार १३, २०७८१२:१९

निषेधाज्ञाबाट चितवनमा रु ११ करोडको दूध नोक्सान !