‘प्रम प्रस्ताव गर्न, मलाई बहुला कुकुरले टोकेको छ?’ भन्दै माधवमाथि खनिए केपी ओली!

काठमाडौँ, तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा सोमबार एक कार्यक्रम गरेर मनाइएको छ ।  मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री ओली वरिष्ठ नेता माधवकुमार नेपाल माथि आक्रोश पोखेका छन् । उनले भनेका छन, ‘माधव नेपाल भनेको प्रचण्डको एक मामुली कार्यकर्ता हो। तर अहिले माधव नेपालले मलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो तर म स्वीकार गर्दिन भनेर धाक लगाएर हिड्या छ, मलाई बहुला कुकुरले टोक्या छ र? केहि काम नपाएर, कोहि नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई मैले प्रधानमन्त्रीको प्रस्ताव राख्छु? ‘

नेता नेपालले केही दिनअघि केपी ओली पक्षले आफुलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको र उनले ओलीको प्रस्ताव नस्वीकार्ने बताउदै आएका थिए।  तर केपी ओलीले यसलाई झुटको राजनीति बताएका छन् ।

प्रकाशित : सोमबार, असार १४, २०७८१४:५५

सरकारी कार्यालय र दर्जनौँ निजी घरहरु डुबानमा!