भारतमा हुने भनिएको अन्तराष्ट्रिय टि-२० विश्वकप यूएई हुने !

एजेन्सी – अन्तराष्ट्रिय टि-२० विश्वकप २०२१ संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । भारतमा हुने भनिएको टि-२० विश्वकप कोरोना महामारीको कारण यूएईमा सारिएको द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले बताएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि-२० विश्वकप भारतमा गर्ने वा नगर्ने २७ जुन (आईतबार) सम्म बिसिसिआईलाई जानकारी दिन समय दिएको थियो । बिसिसिआईले सोमबार बेलुका सम्म आइसिसीलाई जानकारी दिनेछ । टि-२० विश्वकप यूएईका तीन स्टेडियम शारजाह, आबूधाबी र दुबईमा हुने छन् । चौथो भेन्युको रुपमा ओमान रहेको छ ।

विश्वकपका पहिलो चरणका खेल भने ओमानमा हुने सम्भावना छ । टि-२० विश्वकप १७ अक्टोबर देखि १४ नोभेम्बर सम्म चल्ने छ । तर औपचारिक मिति भने घोषणा हुन बाँकी छ । पहिलो चरणका खेलहरु ओमानमा हुने सम्भावना उच्च छ । पहिलो राउन्डमा ओमान, श्रीलंका, आयरल्यान्ड, पपुवा न्युगिनी, बंगलादेश, नामिबिया, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।

पहिलो राउन्डका आठ टोली दुई समूहमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो राउन्डबाट शीर्ष चार टोली सुपर १२ स्टेजमा स्थान बनाउने छन् । सुपर १२ स्टेजमा उक्त चार टोलीसँगै भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तान छन् । दुई समूहमा विभाजन गरिने छ । जसमा शीर्ष दुई दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रकाशित : मङ्गलबार, असार १५, २०७८१२:०७

आज राति जर्मनी र इंग्ल्यान्ड बीच महा भिडन्त हुँदै, तपाईंको समर्थन कसलाई ?