ब्यालुन डी ओर पावर र्यान्किंग: युरोबाट बाहिरिएसँगै रोनाल्डोको सपना समाप्त ?

२०२० मा पहिलो पटक रद्द भएको ब्यालुन डी ओर अवार्ड २०२१ मा फर्किनेछ। वर्षको अन्तिम महिनामा प्रदान गरिने यस अवार्ड वर्षभरकै प्रदर्शनका आधारमा प्रदान गरिनेछ। पछिल्लो पटकका विजेता लियोनल मेस्सी नै फेरी एक पटक विजेता बन्छन् वा रोनाल्डोले मेस्सीको बराबरी गर्न सफल हुन्छन् ? वा अरु नै कोहि नयाँ विजेता मिल्नेछ ? ब्यालुन डी ओरको दौडमा अहिलेको समयमा को सबैभन्दा अगाडी छ त ? गोलले यसको पावर र्यान्किंग सार्वजनिक गरेको छ। जान्नुहोस् हाल ब्यालुन डी ओरका टप १० दाबेदार…….

१०. रुबेन डियाज (म्यानचेस्टर सिटी)

अघिल्लो समय: आठौँ

२०२१ मा: १ गोल, १९ क्लिन सिट, प्रिमियर लिग र काराबो कप उपाधि

९. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड)

अघिल्लो समय: एघारौं

२०२१ मा: २५ गोल, ९ असिस्ट, डिएफबी पोकाल उपाधि

८. करिम बेन्जेमा (रियल म्याड्रिड)

अघिल्लो समय: नवौं

२०२१ मा: २२ गोल, ५ असिस्ट

७. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)

अघिल्लो समय: सातौँ

२०२१ मा: २७ गोल, ४ असिस्ट, कोपा इटालिया र सुपरकोपा इतलिया उपाधि

६. केभिन डी ब्रुएन (म्यानचेस्टर सिटी)

अघिल्लो समय: तेस्रो

२०२१ मा: १० गोल, १० असिस्ट, प्रिमियर लिग र काराबो कप उपाधि

५. लियोनल मेस्सी (बार्सिलोना) 

अघिल्लो समय: छैठौं

२०२१ मा: ३१ गोल, ११ असिस्ट, कोपा डेल रे उपाधि

४. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

अघिल्लो समय: चौंथो

२०२१ मा: ३४ गोल, ४ असिस्ट, बुन्डेसलिगा र क्लब वर्ल्डकप उपाधि

३. रोमेलु लुकाकु (इन्टर मिलान)

अघिल्लो समय:  पाचौं

२०२१ मा: २१ गोल, ७ असिस्ट, सेरी-ए उपाधि

२. किलियन एम्बाप्पे (पीएसजी)

अघिल्लो समय: दोस्रो

२०२१ मा: २९ गोल, ६ असिस्ट, कोप डे फ्रान्स र ट्रफी डेस च्याम्पियन उपाधि

१. एन्गोलो कान्ते (चेल्सी)

अघिल्लो समय: पहिलो

२०२१ मा:  १ असिस्ट, च्याम्पियन्स लिग उपाधि

प्रकाशित : मङ्गलबार, असार १५, २०७८१३:३९

पेनाल्टीमा चुकेपछि भावुक भए एम्बाप्पे, माफी माग्दै यसो भने !