कुनै पनि व्यक्तिलाई आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि पैसा चाहिन्छ। साथै हरेक व्यक्ति सुख-सुविधाले भरिपूर्ण जीवन बिताउन चाहन्छन्। समाजमा रहन-सहनको जीवनस्तर बनाउनको लागि पैसा अत्यन्त महत्त्वपूर्ण छ। प्राय मान्छेहरुलाई धन-सम्पत्तिको कमी नभएको देख्न सक्छौं र उनीहरुलाई धन सजिलै प्राप्त हुन्छ । जबकी केहि मानिसहरुले दिनरात मिहिनेत गर्दा पनि उनीहरुको जीवन सधैँ पैसाको अभाव रहन्छ। यदि तपाईको जीवनमा धन सम्बन्धित समस्या छ भने वा जीवनमा धन प्राप्त गर्न चाहनु हुन्छ भने वास्तुमा धन-समृद्दीको लागि उपयोगी सुझाव दिईएको छ। यदि यी कुरा लिई ध्यान दिएर हरेक दिशाको वास्तु अनुसार सामान राखे धनको समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ र जीवनमा धनी नै रहनुहुन्छ। थाहा पाउनुहोस् कुन दिशामा के राख्दा धन प्राप्त गर्न सक्नुहुन्छ।
उत्तर-पूर्व दिशामा लगाउनुहोस् कुबेर यन्त्र

वास्तु अनुसार उत्तर दिशा धन र समृद्धिका देवता कुबेरको मानिन्छ। उत्तर दिशाको भित्तामा ऐना वा कुबेर यन्त्र राख्न सकिन्छ। यसले तपाईको घरमा पैसा सजिलै प्राप्त हुन्छ र कुनै पनि हिसाबले पैसाको अभाव हुँदैन। तर कहिले पनि उत्तर दिशामा जुत्ताको र्याक वा गर्हौ फर्निचर बिर्सेर पनि नराख्नुहोला।
दक्षिण-पश्चिम क्षेत्रमा राख्नुहोस् तिजोरी

वास्तु शास्त्र अनुसार घरको दक्षिण-पश्चिम दिशामा तिजोरी राख्नुपर्छ। आफ्नो घरको धन वा पैसाको राख्ने दराजमा यसरी राख्नुपर्छ कि त्यसको द्वार यस दिशामा खुलेको होस्। यसले तपाईको घरमा धन स्थायी रुपमा टिक्छ। साथै आवश्यक कागजात, पैसा र गहना आदि सोही दिशामा राख्नु पर्छ। यस दिशामा पैसा राख्दा पैसा स्थायी रुपमा टिक्नु मात्र नभई पैसा वृद्दि पनि हुने मान्यता छ।
उत्तर-पूर्व दिशामा राख्नुहोस् एक्वैरियम

वास्तु अनुसार घरको उत्तर-पूर्व दिशामा पानीको भाँडा राख्दा सकारात्मक ऊर्जा बढ्छ र धनको आगमन हुन्छ । यस दिशामा एउटा सानो एक्वेरियम राख्नुहोस् वा पानीको भाँडो एक धातुको कछुवा वा माछा राख्नुहोस् ।
घरको मुख्य ढोका

वास्तुशास्त्र अनुसार तपाईको घरको प्रवेश द्वारलाई ऊर्जाको प्रवाहको लागि मुख्य मानिन्छ। यदि घरको मुख्य ढोका उत्तर दिशामा छ भने यसले धन र समृद्धिलाई स्वागत गर्छ। घरको मुख्य ढोका आकर्षक बनाउनु पर्छ। यसको साथसाथै ढोकालाई वाईंड चाईमले सजाउनुपर्छ।

