विगत २४ घण्टामा दुई हजार ६३६ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख ३६ हजार ९१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप चार हजार ३४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ९२ हजार ५३५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको दर ९३ प्रतिशत रहेको छ । यस्तै नेपालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३३ हजार ९४१ जना सङ्क्रमित भएका छन् । यस्तै मङ्गलबार थप २० जना सङ्क्रमितको मृ-त्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार सात हजार २५९ जनाको पीसीआर र चार हजार ४८९ जनाको एन्टिजेन विधिबाट ११ हजार ७४८ जनाको कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा एक हजार ७२८ र एन्टिजेन परीक्षणमा ९०८ जना सङ्क्रमित पाइएका छन् ।

