पेनाल्टीमा चुकेका एम्बाप्पेलाई पेलेको प्रेरणादायक सन्देशले छोयो सबैको मन, के भने त्यस्तो ?

एजेन्सी – टाइब्रेकरमा चुकेका युवा फरवार्ड किलीयन एमबाप्पेले माफी मागेका छन्। एम्बाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स युरोपेली च्याम्पियनसिप २०२०बाट बाहिरिएपछि सामाजिक संजाल मार्फत एम्बाप्पेले माफी मागेका हुन्।

सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको थियो। फ्रान्सको तर्फबाट एम्बाप्पेले मात्र गोल गर्न सकेनन्। यान सोमरले एम्बाप्पेको प्रहार विफल पार्न सफल भए।

निर्णायक अवस्थामा आफू चुकेपछि एम्बाप्पेले सामाजिक संजाल मार्फत माफी समेत मागिसकेका छन्। खेलका दौरान यस्ता विभिन्न कठिन अवस्था आउने भन्दै उनले अझ कठिन अवस्थासंग सक्षात्कार हुन आफू तयार रहेको बताएका छन्।

यसै बीच पेनाल्टीमा चुकेपछि एम्बाप्पेको फ्रान्समा आलोचना भैरहेका बेला महान् फुटबलर पेलेले सामाजिक संजाल मार्फत सान्तोना दिएका छन्। आफ्नो शिर उचो राख्न एम्बाप्पेलाई पेलेको आग्रह छ। अब एम्बाप्पेको नयाँ यात्रा शुरु हुने पनि पेलेले बताएका छन्। पेलेले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्,”आफ्नो शिर उचो राख किलियन ! भोलि तिम्रो नयाँ यात्राको पहिलो दिन हो।”

पेले एम्बाप्पेलाई धेरै नै क्षमता भएको खेलाडी मान्छन्। विभिन्न अवसरहरुमा उनले एम्बाप्पेको खुलेर प्रशंसा गरिसकेका छन्। एम्बाप्पेको खेल शैली देखि गति सम्मको पेलेको प्रशंसा गर्ने गरेका छन्। साथै एम्बाप्पेले भविष्यमा थप सुधारिएको प्रदर्शन गर्दा आफूलाई अब्बल सावित गर्ने पेलेको विश्वास रहने गरेको छ।

पेनाल्टीमा चुकेपछि भावुक भए एम्बाप्पे, माफी माग्दै यसो भने !

प्रकाशित : मङ्गलबार, असार १५, २०७८१७:३५

पोर्चुगल युरो कपबाट आउट भएपनि रोनाल्डो गोलकर्ता सूचीको शिर्ष स्थानमा ! [सूची सहित]