एजेन्सी – जुलाई महिनाभर विभिन्न ग्रहहरुले राशि परिवर्तन गर्दैछन्। जुलाईमा राशि परिवर्तन गर्ने ग्रहहरुमा बुध, सूर्य, मंगल र शुक्र रहेका छन्। सबै भन्दा पहिला बुध ग्रहले राशि परिवर्तन गर्नेछ। बुधको राशि परिवर्तन ७ जुलाईमा हुनेछ।
त्यस दिन बुध मिथुन राशिमा प्रवेश गर्नेछ। बुध मिथुन राशिमा आउने जुलाई २५ सम्म रहनेछ। २५ जुलाई पश्चात बुध ग्रह कर्कट राशिमा प्रवेश गर्नेछ। ज्योतिष शास्त्रका अनुसार बुध मिथुन र कन्या राशिको स्वामी ग्रह हो। बुधको राशि परिवर्तनले सम्पूर्ण राशिमा प्रभाव पर्ने भएपनि निम्न चार राशिमा धेरै नै शुभ प्रभाव पर्नेछ।
मिथुन राशि
बुधले राशि परिवर्तन गर्दा मिथुन राशिलाई धेरै नै सकारात्मक प्रभाव पर्नेछ। राशि परिवर्तनका कारण धनलाभ हुनुका साथै रोकिएका काम बन्नेछन्। कार्यक्षेत्रका अवरोध हटेर जानेछन्। नयाँ कार्य थालनीको अवसर रहला। मित्रजन मात्र नभई मित्रजनबाट पनि सहयोग मिल्नेछ। धर्म-कर्ममा मन जाँदा मानसिक रुपमा शान्ति मिल्नेछ। प्रेम जीवन पनि सुखद रहने देखिन्छ।
तुला राशि
कार्यक्षेत्रमा सफलता मिलने प्रबल सम्भावना रहने देखिन्छ। रोजगारको क्षेत्रमा सहकर्मी मात्र नभई उच्च अधिकारीहरुको पनि सहयोग मिल्नेछ। पद्दोनतीको योग रहला। आर्थिक लेन-देनका लागि समय सुखद देखिन्छ। आर्थिक पक्ष मजबूत बन्नेछ। नसोचेको क्षेत्रबाट पनि आम्दानी हुनेछ। सामाजिक दायित्व बढ्नुका साथै मान-सम्मान प्राप्त हुन सक्ला।
वृश्चिक राशि
बुधको राशि परिवर्तन सँगै वृश्चिक राशि हुनेहरुको भाग्यमा ठूलो परिवर्तन हुनेछ। घाटामा रहेका व्यापारमा नसोचेको लाभ मिल्नेछ। शेयर बजारमा लगानी गर्ने अवसर मिल्ला। गरिएका लगानीले उची प्रतिफल दिँदा आर्थिक समस्या देखि छुटकारा मिल्नेछ। बुधको सकारात्मक प्रभाव स्वास्थ्यमा पनि पर्ने देखिन्छ। धेरै समय देखि भेट नभएका मित्रजनसंग भेट गराउन पनि बुधको भूमिका रहनेछ।
धनु राशि
बुधको राशि परिवर्तनले मान-सम्मान दिलाउनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। समस्या परेको अवस्थामा परिवारजनबाट मात्र नभई आफन्तजन तथा मित्रजनबाट सहयोग मिल्नेछ। यात्राले उचित प्रतिफल दिलाउन सक्ला। भाग्यको पूरा साथ मिल्दा महत्वपूर्ण कार्यहरु सम्पन्न हुनेछन्। घर-जग्गा सम्बन्धि कारोबारबाट सोचे जस्तै लाभ मिल्न सक्ला।

