अक्षय कुमार र कट्रिना कैफको जोडी पर्दामा निकै मन पराईन्छ। उनीहरुले एकसाथ थुपै फिल्ममा काम गरेकी छन्। अक्षय र कट्रिनाको सबै फिल्म सफल भएको छ र यी दुई सफल अन-स्क्रीन जोडीको रूपमा पनि स्थापित छन्। दुवैले क्यामेरामा रोमान्स गरेपनि उनीहरुको वास्तविक जीवनको कहानी भने बिल्कुलै फरक छ। वास्तविक जीवनमा कट्रिना अक्षय कुमारलाई दाइ बनाएर राखी बाध्न चाहन्थिन्। यस कुराको खुलासा कट्रिनाले एक च्याट शोको क्रममा गरेकी थिइन्।
कट्रिना करणको शोमा कहिले पनि अरुको आलोचना गर्दिनन्। अक्षय कुमारलाई राखी बाध्ने कुरा उनले करणको शोमा गरेकी थिइन्। कट्रिना कैफले अक्षयलाई तीस मार खानको शुटिंगमा राखी बाध्न खोज्दा नमानेपछि कट्रिनाले अर्जुन कपूरलाई लगाउन गएकी थिइन्। यस किस्साको बारेमा कुरा गर्दै कट्रिनाले बताएकी थिइन् कि कसैले पनि उनलाई ध्यान दिएका थिएनन्। उनले भनिन् ,” कोहि पनि मसँग राखी बाध्न चाहदैन थिए र मलाई एक यस्तो व्यक्ति चाहिएको थियो जो मेरो साथी होस् र जसलाई म सम्मान गर्छु। मलाई यसमा केहि गलत लागेन। मैले जब अक्षयको नजिक गएर के तपाईलाई म राखी बाध्न सक्छु भने सोधे ,तब अक्षयले जवाफ दिदै तिमीलाई थप्पड खान मन छ हो भनेका थिए। “
अक्षयले अस्वीकार गरेपछि कट्रिनाले अर्जुनलाई भाई बनाउने निर्णय गरेकी थिइन्। कट्रिनाली बताएकी थिइन् ,” अक्षयले अस्वीकार गरेपछि म साथीको घरमा गएकी थिए र मेरो पहिलो भेट अर्जुनसँग भएको थियो। त्यस समय अर्जुन निकै गोलुमोलु थिए। मैले अर्जुनलाई भेटेपछि राखी उसलाई नै बाध्ने निर्णय लिए। तर म अर्जुनलाई राखी बाध्न जाँदा उ भागे। अर्को दिन फेरि मलाई देख्ने बितिक्कै लुकेर बाहिर निक्ले। “
कट्रिना र अक्षयले ‘वेलकम’, ‘नमस्ते लन्डन ‘,’सिंह इज किंग’, ‘हमको दीवाना कर गए’, ‘तीस मार खान’ र ‘सूर्यवंशी’ जसा फिल्ममा काम गरिसकेका छन् ।