काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । केहि समय आगाडी मात्र आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले असार १७ गतेबाट आईपीओ निष्कासनका लागि आवेदन खुला गर्न लागेको हो।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै मेरो शेयरको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।
सर्वसाधारणको भागमा कति ?
रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ। जस मध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी तथा ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।
बाँकी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओ बाडफाड हुँदा १० कित्ताका दरले ३६ हजार ३ सय ४७ जनाले आईपीओ पाउनेछन् भने बाँकी २ जनाले ११ कित्ता शेयर पाउनेछन्।