पोर्चुगल युरो कपबाट आउट भएपनि रोनाल्डो गोलकर्ता सूचीको शिर्ष स्थानमा ! [सूची सहित]

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ। राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो।

जारी प्रतियोगिताको क्वाटरफाइनलमा डेनमार्क, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, इटाली, इंग्ल्यान्ड, युक्रेन र चेक रिपब्लिक प्रवेश गरेका छन्। डेनमार्कले वेल्समाथि ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने इटालीले अतिरिक्त समयमा लम्बिएको खेलमा अष्ट्रियालाई २-१ ले पराजित गरेको थियो।

त्यस्तै चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० ले पाखा लगाएको थियो। बेल्जियमले पोर्चुगललाई १-० को गोल अन्तरले पराजित गर्दा स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो।

यता स्विट्जरल्यान्डले फ्रान्सलाई पाखा लगाएको हो। इंग्ल्यान्ड भने जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। इंग्ल्यान्डले युरोको नकआउट चरणमा पहिलो पटक जर्मनीलाई हराएको हो।

शिर्ष गोल कर्ता को ?

क्वाटरफाइनल समीकरण पूरा भैसकेको अवस्थामा प्रतियोगिताको शिर्ष गोल कर्ताको रुपमा पोर्चुगलमा रोनाल्डो छन्। रोनाल्डोले प्रतियोगितामा ३ सय ६० मिनेट खेल्दै ५ गोल र १ असिस्ट गरे।

त्यस्तै शिर्ष गोलकर्ता सूचीको दोस्रो स्थानमा प्याट्रिक सिक छन्। चेक रिपब्लिकका उनले जारी प्रतियोगितामा अहिले सम्म ३ सय २५ मिनेट खेल्दै ४ गोल गरेका छन्।

फ्रान्सका करिम बेन्जेमा र स्विडेनका एमिल फोर्सबर्ग तेस्रो र चौथो स्थानमा छन्। बेन्जेमाले ३ सय ४९ मिनेट खेल्दा ४ गोल गर्दै ३ सय ७१ मिनेट खेल्दै एमिलले पनि चार गोल गरेका छन्।

पूर्ण सूची निम्न छ –

osition Player Country Goals Assists Minutes played
1 Cristiano Ronaldo Portugal 5 1 360
2 Patrik Schick Czech Republic 4 0 325
3 Karim Benzema France 4 0 349
4 Emil Forsberg Sweden 4 0 371
5 Robert Lewandowski Poland 3 0 270
6 Haris Seferovic Switzerland 3 0 301
7 Raheem Sterling England 3 0 336
8 Romelu Lukaku Belgium 3 0 354
9 Georginio Wijnaldum Netherlands 3 0 270
10 Pablo Sarabia Spain 2 2 207
11 Memphis Depay Netherlands 2 2 237
12 Ferran Torres Spain 2 1 215
13 Roman Yaremchuk Sweden 2 1 250
14 Andriy Yarmolenko Sweden 2 1 250
15 Ciro Immobile Italy 2 1 255
प्रकाशित : बुधबार, असार १६, २०७८१७:३१

इंग्ल्याण्ड फाइनल सम्मै पुग्ने मउरिन्होको ठोकुवा !