काठमाडौँ : आजबाट इस्वी सम्बतको जुलाई महिना सुरुवात भएको छ। ग्रह-नक्षत्रको चाल अनुसार जुलाई महिना सबै राशिका लागि धेरै खास रहने वाला छ। ज्योतिषीय दृष्टिकोणले यो महिना केही राशिहरुका लागि धेरै लाभदायी छ। त्यस्तै राशिका जातकले यो महिनामा चुनौति र सङ्कट भोग्नुपर्नेछ। केही राशिले यो महिनामा मिश्रित फल प्राप्त गर्नेछन्। सबै राशिको मासिक राशिफल हेर्नुहोस्।
मेष

मेष राशि हुने व्यक्तिका लागि जुलाई महिना आर्थिक उन्नति हुनेवाला छ। तपाईले व्यपार एवम् कृषि क्षेत्रबाट शुभ फल प्राप्त गर्नुहुनेछ। तपाईले पेसामा अधिकारी वर्गको सहयोग प्राप्त गर्नुहुनेछ। स्वास्थ्य सम्बन्धि चिन्ता रहनेछ। आमाको स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मांगलिक कार्य हुने योग छ। कुनै पनि अपरिचित महिलाको कारण समस्या हुन सक्छ।
वृष

वृष राशि हुने व्यक्तिको लागि य महिना मिश्र फलदायी छ। व्यवसायको लागि पनि अवस्था राम्रो छ। तपाईको पेसामा साथीको कारण समस्या उत्पन्न होला। साथै तपाईको पिताको तीर्थयात्रा जानुहुने र भाईको रोजगार प्राप्त हुने योग छ। तपाईलाई राजनीतिक पार्टीबाट पद प्राप्त हुने योग छ। तर तपाईको परिवारसँग भने तालमेल मिल्नेछैन।
मिथुन

मिथुन राशि हुने व्यक्तिको लागि यो महिना पहिलेको भन्दा धेरै राम्रो रहनेछ। तपाईको व्यपारमा सुधार हुनुको साथै कृषिमा मध्यम लाभ मिल्ने योग छ। तरपनि बहिनीको परिवारमा भने आर्थिक समस्या उत्पन्न हुनेछ। पारिवारिक झगडाको कारण तपाईले परिवारसँग तालमेल मिलाएर अगाडी बढ्नुपर्ने हुन्छ। साथै आफन्तसँग मनमुटाव हुन सक्ने स्थिति निर्मित हुने योग छ।
कर्क

कर्क राशि हुने व्यक्तिको लागि निकै फलदायक छ। यो महिना यस राशिलाई राजनीतिक सफलता मिल्नेछ। तपाईको व्यापार पनि ठीक -ठाक रहनेछ। यधपी तपाई पेसामा स्थायी रुपमा रहनुहुनेछैन। यो महिना कृषि क्षेत्रमा पनि सफलता हासिल हुन्छ। मातापिताको स्वास्थ्यको ख्याल गर्नुहोला। कुनै पुरानो मित्रको सहयोग प्राप्त हुँदा खुशी महसुस गर्नुहुनेछ। तर ससुराली पक्षबाट समस्या आउन सक्छ। तपाई आफुलिई पनि आँखा सम्बन्धि समस्या रहनेछ।
सिंह

सिंह राशि हुने व्यक्तिको लागी यो महिना लाभदायी छ। यो महिना तपाईलाई सन्तान सुख मिल्ने योग छ। जसकारण तपाईको खुशीको सीमा रहनेछैन। व्यापारमा भने उतार-चढाव रहनेछ। कृषि क्षेत्रमा सामान्य लाभ मिल्नेछ। पेसामा उन्नति -प्रगति हुने योग छ। नयाँ ठाउँमा तपाईलाई अधिक लाभ हुनेछ। साथै मामाघर पक्षबाट सहयोग प्राप्त हुनेछ। कुनै टाढाको नातागोतासँग भेट हुँदा नयाँ बाटो निक्लिनेछ। पिताको स्वास्थ्यको ख्याल राख्नुहोला।
कन्या

कन्या राशि हुने व्यक्तिको लागि यो महिना खासै राम्रो छैन। यो महिना यस राशि हुने व्यक्तिलाई मानसिक समस्या रहला। साथै व्यापारमा पनि खासै लाभ हुनेछैन। तपाईलाई आफ्नो पेसा गुम्ने डरले सताईरहनेछ। यधपी कृषि क्षेत्रमा भने लाभ मिल्नेछ। पारिवारिक दृष्टिकोणले यो समय अशुभ छ। तपाईको छोराछोरीलाई कान सम्बन्धि समस्या रहनेछ। कुनै धार्मिक स्थलको यात्रा हुन सक्छ। माताको स्वास्थ्यमा सुधार हुनेछ।
तुला

तुला राशि हुने व्यक्तिको लागि यो महिना प्रतिकुल रहला। तपाईलाई जीवनसाथीको समस्या हुन सक्छ। तपाईको व्यापारले नयाँ गति लिँदा लाभ मिल्नेछ। तपाईलाई पेसामा साथीको सहयोग प्राप्त हुनेछ। तर कृषि क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। कुनै अनि साथीसँग दुरी बढ्नेछ। पितालाई आन्तरिक समस्या रहनेछ। कुनै भूमि अधिग्रहण कानूनमा समस्या हुन सक्छ। सावधानी वा धैर्यपुर्वक काम गर्नुहोला।
वृश्चिक

वृश्चिक राशि हुने व्यक्तिको लागि यो महिना फलदायक छ। यस राशि हुने व्यक्तिलाई अदालती मामिलामा विजय मिल्नेछ। तपाईको व्यापार पनि ठीक-ठाक रहनेछ। पेसामा कुनै नयाँ मित्रको कारण समस्या हुन सक्छ। आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। दाजुभाईबाट सहयोग प्राप्त हुनेछ। तर छिमेकीसँग मतभेदको स्थिति बन्न सक्छ। श्रीमतीको उन्नति हुनेछ।
धनु

धनु राशि हुने व्यक्तिको यो महिना परिवारसँग खुशीपुर्वक बित्नेछ। व्यापारमा समस्या हुँदा पनि घरको सहयोगले हल हुनेछ म कृषि क्षेत्रमा मध्यम लाभ मिल्नेछ। पेसामा साथीसँग राम्रो ताल-मेल रहनेछ। स्वास्थ्य सम्बन्धि चिन्ता रहनेछ। तपाईको जीवनसाथीलाई रोजगार प्राप्त हुनेछ। ससुराली पक्षमा आर्थिक स्थिति नाजुक रहनेछ।
मकर

मकर राशि हुने व्यक्तिको लागि यो महिना भूमी-भवनको सुख मिल्ने वाला छ। तपाईको व्यापारमा उन्नति हुनुको साथै कृषि क्षेत्रमा मध्यम लाभ मिल्नेछ। पेसामा उन्नति हुने योग छ। पिताको स्वास्थ्यको ख्याल राख्नुहोला। कुटुम्बमा कुनै पुरानो स्थानलाई लिएर वाद-विवादको स्थिति निर्मित हुनाले मानसिक तनाव रहनेछ र महिनाको अन्तिममा शान्ति मिल्नेछ। आमाको सहयोग प्राप्त हुनेछ।
कुम्भ

कुम्भ राशि हुने व्यक्तिको लाई यो महिना पद-प्रतिष्ठा प्राप्ति हुने वाला छ। तपाईको व्यापार सामान्य रहनेछ। कृषिमा समस्या होला। पेसामा उन्नति हुने योग छ। जीवनसाथीलाई मानसिक समस्या रहनेछ। ससुराली पक्षबाट सहयोग प्राप्त हुनेछ। यो महिना तपाईको स्वास्थ्यमा सुधार आउनेछ। कुनै महिलासँग भेट हुँदा लाभ मिल्नेछ। सामाजिक संस्थाबाट सम्मान प्राप्त हुनेछ।
मीन

मीन राशि हुने व्यक्तिको लागि यो महिना पदोन्नति हुने वाला छ। यो महिना तपाईले आफ्नो मिहिनेतको पूरा फल पाउनुहुनेछ। साथै बसाई सराई हुने योग छ। व्यवसायिक दृष्टिकोणले यो महिना राम्रो छ। जीवनसाथी वा परिवारबाट सहयोग प्राप्त हुँदा प्रफुल्लित रहनुहुन्छ। कुनै पुरानो शत्रुबाट समस्या हुन सक्छ। राजनीतिक पार्टीबाट पद प्राप्त हुन सक्छ। यो महिना आर्थिक स्थितिमा सुधार हुनेछ। नयाँ सवारी खरिद गर्नुहुने योग छ।

