बलिउड अभिनेता रणवीर सिंह प्राय अतरंगी फेशनको कारण चर्चामा हुन्छन्। उनी समय-समयमा अनौठो फेशन लुक्सबाट प्रशंसकलाई अचम्मित पार्छन्। हालै उनले एक फोटोशुट गरेका छन, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। रणवीरले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा गुच्चीको फोटोशुटको तस्विर शेयर गरेका थिए। सोहि तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
रणवीरले आफ्नो लुक्सलाई निलो रङको ट्रयाकसुट र सुनको हारले अझ आकर्षित बनाएका छन्। साथै उनले पहेलो चस्मा र कालो रङको ब्याग बोकेर पोज दिईरहेका छन्।
रणवीरले आफ्नो लामो कपाल खुल्ला राखेर बेडमा बसेर फलाम समाति पोज दिईरहेका छन्। उनको यो फोटोमा थुप्रैले आफ्नो प्रतिक्रिया दिएका छन, भने कतिले उनको लुकको ट्रोल बनाएका छन्। केहि फ्यानले भने उनलाई १ औँ शताब्दीका भारतका पूर्वकालीन राजा अलाउद्दिन खालजीको नाम पनि दिएका छन्।
आफ्नो पहिलो फोटोले चर्चा पाएपछि उनले सोहि पहिरनमा अरु पनि फोटो शेयर गरेका थिए। यसमा भने उनले रातो ह्याट र ट्रेन्च कोट पनि लगाएका छन्। उनले हातमा ज्याकी ब्रान्डको १९६१ को कालो ब्याग बोकेका छन्।