काठमाडौँ, असार १८ । चलचित्र ‘रणवीर’ बाट डेब्यू गरेकी नायिका सुपुष्पा भट्टले विवाह बन्धनमा बाधिएकी छिन् । नायिका सुपुष्पा र निर्माता रौनक विक्रम कंडेलबीच गत बैशाख १५ गते इन्गेजमेन्ट भएको हो ।

केही समय यता डेटिङमा रहेका यस जोडीले पारिवारिक सदस्य र केहि फिल्मकर्मीको उपस्थितिमा विवाह गरेका छन्।

नायिका सुपुष्पाले ‘छ माया छपक्कै मा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र चपली हाइट ३’ प्रदर्शनको पर्खाइमा छ । त्यस्तै रौनकले कबड्डी, कबड्डी कबड्डी र मिस्टर झोले जस्ता चलचित्र निर्माण गरेका छन् ।

