प्रहरीले आफ्नै छोरीलाई यौ-न दु’र्व्यवहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटकपटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।
पुरुषको शव फेला
पूर्वी चितवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो । घोलमा शव भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो । मृतकको पहिचानका लागि बूढी राप्ती र कयर खोला आसपासका स्थानीयवासीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

