सन्दीप लंका प्रिमियर लिगको ड्राफ्टमा !

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सूचिमा पर्न सफल भएका छन् । श्रीलंका क्रिकेट बोर्डको आयोजनामा हुने टि-२०फ्रेन्चाइज लिगको ड्राफ्टमा सन्दीप परेका हुन्। सन्दीपसँगै ड्राफ्टमा बंगलादेशका अलराउन्डर सकिब अल हसन, दक्षिण अफ्रिकी लेग स्पिनर र ब्याट्सम्यान क्रमशः तबरेज शाम्सी र रासी भान डर डुसेन, वेस्ट इन्डिजका फास्ट बलर शेल्डन कटरेल लगायतका स्टार खेलाडी रहेका छन्।

वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन, अलराउन्डर शेर्फान रदरफोर्ड, अमेरिकी फास्ट बलर अली खान, बंगलादेशका ब्याट्सम्यान तमिम इकवाल, अष्ट्रेलियाली मुलुकका अलराउण्डर बेन कटिङ लगायतका साथै पूर्व भारतीय अलराउण्डर द्वय सुफ पठान र ईरफान पठानले पनि आफ्नो नाम दिएका छन्। दोस्रो संस्करणको लंका प्रिमियर लिग आगमी जुलाई ३० देखि २२ अगष्ट सम्म श्रीलंकामा आयोजना हुनेछ।

कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोली रहेको प्रतियोगिताको पहिलो संस्करणमा सन्दीप कुनै टोलीको रोजाईमा परेका थिएनन्। २२ जुलाई देखि अगष्ट २१ सम्म इंग्ल्यान्डमा हुने द हन्ड्रेडमा सन्दीप ओभल इन्भीनसिभल्ससँग अनुबन्ध छन्। यस्तोमा उनले लंका प्रिमियर लिगमा छनौट भएता पनि उक्त प्रतियोगिता खेल्ने बारे भने शंका छ। सन्दीपले द हन्ड्रेडमा आफ्नो फ्रेन्चाइज लिगकै सर्वाधिक पारिश्रमिक १ लाख पाउन्ड (१ करोड ५० लाख ) नेपाली रुपैयाँ बराबर पाउने छन् ।

प्रकाशित : आइतबार, असार २०, २०७८१३:१३

उत्कृष्ट लयमा मेस्सी, कोपा अमेरिकामा सबैभन्दा धेरै गोल र असिस्ट दुबै उनको नाममा !