आइतबार थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको सङ्ख्या २५ सय माथि !

आइतबार थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ४४ हजार ६२२ [पीसीआरबाट] पुगेको छ । थप ४ हजार ८७६ जनाको पिसिआर परीक्षण तथा ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म ६ लाख ९ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै, पछिल्लो २७ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २७ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार २२५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले सरकारी ल्याबहरुमा कोरोना परीक्षण निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

प्रकाशित : आइतबार, असार २०, २०७८१७:०४

असार २२ गतेबाट सबै सवारी-साधन चल्न पाउने, हट्यो जोर-बिजोर प्रणाली!