नेपाली सिने जगतमा छोटो समयमा नै सबैमाँझ चर्चित अभिनेत्री स्वस्तिमा खड्काको आज जन्म दिन हो । फिल्म होस्टल रिटर्न्सबाट नेपाली सिनेमा जगतमा प्रवेश गरेकी स्वस्तिमा खड्काले थुप्रै म्युजिक भिडियो तथा फिल्महरुमा कम गरिसकेकी छिन् ।

आज स्वस्तिमाको २६ औ जन्म दिन हो। जन्मदिनको अवसरमा स्वस्तिमालाइ बिभिन्न माध्यमबाट उनको फ्यान तथाकलाकारहरुले शुभकामना सन्देश दिईरहेको छन् ।

स्वस्तिमाले सन २०१६ मा कलाकार तथा फिल्म निर्देशक निश्चल बस्नेतसँग बिवाह गरेकी हुन् ।

पछिल्लो समयमा स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा धेरै सक्रिय भएको छिन् ।

स्वस्तिमाले छक्का पन्जा-२, दुइ रुपैया र बुलबुल जस्ता सफल चलचित्रमा अभिनय गरेकी छिन्।

