रोनाल्डो भर्सेस मेस्सी: प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा को उत्कृष्ट ? हेर्नुहोस् !

जारी युरो २०२० मा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। यसका बाबजुद पनि ३६ वर्षीय रोनाल्डो ५ गोलका साथ प्रतियोगिताका उच्च गोलकर्ता हुन्। समूह चरणमा नै सबै ५ गोल गरेका रोनाल्डो हाल अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने अलि डाइको रेकर्डसँग बराबरीमा छन्।

अर्कोतर्फ उनका चिर-प्रतिद्वन्दी अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पनि जारी कोपा अमेरिकामा निकै उत्कृष्ट लयमा रहेका छन्। मेस्सी पनि प्रतियोगिताका उच्च गोलकर्ता हुनुका साथै सबैभन्दा बढी असिस्ट प्रदान गर्ने खेलाडी पनि हुन्। पहिलो अन्तराष्ट्रिय उपाधिको खोजीमा रहेका मेस्सीले अर्जेन्टिनालाई सेमी-फाइनल चरणमा पुर्याउनको लागि निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

यता रोनाल्डोलाई अलि डाइको सबैभन्दा बढी अन्तराष्ट्रिय गोलको रेकर्ड तोड्न एक गोलको आवश्यक रहेको छ भने मेस्सीलाई दक्षिण अमेरिकाका सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बन्न मात्र दुई गोलको आवश्यक रहेको छ। पेलेको नाममा ७७ अन्तराष्ट्रिय गोल रहेको छ भने मेस्सीले ७६ गोल गरेका छन्।

आफ्नो करियरको अन्त्यसम्म यी दुईले यी रेकर्ड आफ्नो नाममा गराउनेमा कुनै शंका छैन। तर आज हामी यी दुई महान् खेलाडीले अन्तराष्ट्रिय मुख्य प्रतियोगितामा गरेको गोल सङ्ख्या र ती गोल मध्ये कति गोल फ्री-किक र पेनाल्टी मार्फत आएको छ भन्ने तथ्यांक हेर्दै छौं।

प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा रोनाल्डोले कति गोल गरेका छन् त ? 

Tournament Goals
Euro 2004 2
World Cup 2006 1
Euro 2008 1
World Cup 2010 1
Euro Cup 2012 3
World Cup 2014 1
Euro Cup 2016 3
World Cup 2018 4
Euro 2020 5
Total 21

प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा मेस्सीले कति गोल गरेका छन् त ? 

Tournament Goals
World Cup 2006 1
Copa America 2007 2
World Cup 2010 0
Copa America 2011 0
World Cup 2014 4
Copa America 2015 1
Copa America 2016 5
World Cup 2018 1
Copa America 2019 1
Copa America 2021 4
Total 19

फ्री-किकको कुरा गर्दा ३४ वर्षीय अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले प्रमुख प्रतियोगितामा ५ गोल गरेका छन्। उनले २०१४ विश्वकपमा एक, २०१६ कोपा अमेरिकामा २ र जारी कोपा अमेरिकामा २ फ्री-किक गोल गरिसकेका छन्। त्यस्तै, मेस्सीको पेनाल्टी मार्फत एक मात्र गोल २०१५ को कोपा अमेरिकामा आएको थियो।

Name Free-kicks Penalties
Lionel Messi 5 1
Cristiano Ronaldo 1 4

त्यस्तै, रोनाल्डोले भने २०१८ मा स्पेन विरुद्ध गरेको गोल नै एक मात्र फ्री-किक गोल रहेको छ भने जारी युरो कपमा ३ गोल पेनाल्टीबाट गर्दा २०१८ मा एक गोल पेनाल्टी मार्फत गरेका थिए।

प्रकाशित : सोमबार, असार २१, २०७८१२:२१

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा