कोरोनाबाट निको हुने भन्दा संक्रमितको सङ्ख्या बढ्यो !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन ७ हजार ४९९ जनाको पीसीआर परीक्षण र ४ हजार २८ जनाको एन्टीजिन परिक्षण गर्दा  कुल २ हजार ६२२ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पिसिआर मार्फत संक्रमण पुष्टि भएका कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४६ हजार ३६७ पुगेको र एन्टीजिन परिक्षण मार्फत संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ३८ हजार ९९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका २३ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ९ हजार २४८ पुगेको छ । यस दिन मुलुकभर २ हजार २११ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ६ लाख ११ हजार ४२९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र ५०२ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १२४ र भक्तपुरमा ६० जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : सोमबार, असार २१, २०७८१७:०४

‘विश्वासको मत गुमाएपछि प्रधानमन्त्री एक मिनेट पनि बस्नुहुँदैन’