कोमल ओलीले सुनाइन राष्ट्रिय सभाको विशेष समयमा ‘बाँदरको कविता’

काठमाडौँ, असार २१ । राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीले सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा एक व्यंग्यात्मक कविता सुनाएकी छन् । उनले कोरोना महामारीमा राजनीतिक दलहरु  मिल्नु पर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउदै यसो भनेकी थिइन्:

“बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुदैन ।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुदैन ।

कहिले मिलेका छन, कहिले फुटेका छन्
ईर्ष्याको भट्टीमा आफैलाई भुटेका छन् ।

आँखाभरि लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।

अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे ।
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।

आखिर बाँदर न हुन्,
भोलिको प्रतीक्षा कहाँ गर्छन् ?

आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको

बाँदरहरु खेती गर्देनन्, बाली विनाश गर्छन् ।

कहिले ढेडुहरुसंग मिल्छन, कहिले गोइलानहरुसँग मिल्छन् ।”

प्रकाशित : सोमबार, असार २१, २०७८१९:४४

माथिल्लो तामाकोशी : मुलुकका लागि ‘गेमचेञ्जर’ आयोजना