सुन १९ दिन यता कै महँगो ! कति ?

काठमाडौँ – सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ। हप्ताको पहिलो दिन बढी सोमबार स्थिर बसेको सुनको मूल्य आज नेपाली बजारमा बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मूल्य ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

आज तेजाबी सुनको मूल्यमा पनि रु ३ सय रुपैंयाँको वृद्धि भएको छ। यस वृद्धिसँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९१ हजार ५ सय तथा तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो।

सुन १९ दिन यताकै महँगो

पछिल्लो केहि दिन देखि बढिरहेको सुनको मूल्य आज १९ दिन यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार सुनको मूल्य असार ३ गते यताकै बढी हो। त्यसदिन छापावाला सुनको मूल्य ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य रु ५ ले बढेर १३ सय ३० रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, असार २२, २०७८१२:०६

‘भेरोसेल’ को दोस्रो मात्रा आजदेखि