पछिल्लो २४ घण्टामा थप २ हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ४८ हजार ८५ पुगेको छ भने एन्टिजेन विधिबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको छ।
थप ७ हजार ५०३ जनाको पिसिआर परीक्षण तथा ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ७१८ तथा एन्टिजेनबाट ९१६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३३ लाख ८३ हजार ५४४ जना पुगेको छ । हालसम्म ६ लाख १२ हजार ९९४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार २६३ पुगेको छ।

