काठमाडौँ – चर्चित अभिनेत्री रक्षा श्रेष्ठ गुरुङले आफू आमा बनिसकेको खुलासा गरेकी हुन्। प्राय आफ्नो निजी जीवनलाई गोप्य अने राख्न रुचाउने रक्षाले बुधबार मात्र आफू आमा बनेको सार्वजनिक गरेकी हुन्।

बुधबार रक्षाको जन्मदिन पनि रहेको छ। यसै अवसरमा उनले दुई महिना अगाडी जन्मिएकी छोरीको तस्विर समेत सार्वजनिक गरेकी छन्। विभिन्न मिडियामा आफूले छोरा जनामएको खबर आएपछि वास्तविकता सार्वजनिक गरेको रक्षाको भनाई छ।

रक्षाका अनुसार वैशाख २३ गते नै उनले छोरीलाई जन्म दिएकी हुन्। छोरी जन्माएको विषयलाई दुई महिना सम्म गोप्य राखेकी उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन्। रक्षाका अनुसार उनकी छोरीको नाम माहिरा गुरुङ रहेको छ। रक्षाले सामाजिक संजालमा लेखेकी छन्,”मेरो छोरी दुई महिना पुगेकी छन् ।”

चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा ‘सक्किगो नि’मा देखिँदै आएकी थिइन्। गर्भवती भएपश्चात भने उनले कलाकारिताबाट विश्राम लिएकी थिइन्। रक्षाले चलचित्रका साथै म्युजिक भिडियोहरुमा पनि काम गरेकी छन्। साथै धेरै विज्ञापनहरुमा पनि उनी देखा परिसकेकी छन्।



तस्विर: सामाजिक संजाल

