निरन्तर महँगो हुँदै सुन, आज असार २ गते यताकै महँगो !

काठमाडौँ – मंगलबार बढेको सुनको मूल्य आज पनि बढेको छ। हप्ताको दुई दिन एकै भाउमा कारोबार भई मंगलबार बढेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मूल्य ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैंयाँ कायम भएको छ। आज तेजाबी सुनको मूल्यमा पनि ४ सय रुपैंयाँको वृद्धि भएको छ। यस वृद्धिसँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९१ हजार ५ सय तथा तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो। मंगलबार भने छापावाला सुन ९१ हजार ८ सय र तेजाबी सुन ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन असार असार २ गते यताकै महँगो

बुधबार कायम भएको सुनको मूल्य असार २ गते यताकै महँगो रहेको छ। त्यसदिन छापावाला सुन ९३ हजार १ सय र तेजाबी सुन ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस दिन यता सुन आजको जति महँगो भएको थिएन। यस अर्थमा आज सुन २१ दिनकै महँगो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। आज चाँदी १३ सय २० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, असार २३, २०७८११:०१

बढ्न थाल्यो कोरोना सङ्क्रमण !