मार्टिनेजको प्रशंसामा उत्रिए मेस्सी !

एजेन्सी – बुधबार कोपा अमेरिका २०२१ अन्तर्गतको सेमिफैनाला खेलमा अर्जेन्टिना विजयी भयो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बने।

मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्न सफल रह्यो। गोलरक्षक मार्टिनेजले डाभीन्सन सान्चेज, येरी मिना र एडविन कार्डोनाको प्रहार विफल पारेका थिए। अब फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने भएका छन्।

सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले मार्टिनेजको खुलेर प्रशंसा गरेका छन्। खेल पश्चात मेस्सीले मार्टिनेजलाई उत्कृष्ट खेलाडीको संज्ञा दिए। मार्टिनेज जस्तो खेलाडी पाएर आफूहरु भाग्यमानी भएको मेस्सीले बताए। आफूहरुले मार्टिनेजलाई पूर्ण विश्वास गरेको र आफूहरुको गरेको विश्वासलाई उनले खेर जान नदिएको मेस्सीको भनाई छ।

मेस्सीले भने,”हामीसँग एमी (मार्टिनेज) छन् जो उत्कृष्ट छन्। हामीले उनीमाथि विश्वास राखेका थियौं । उनले त्यसै अनुसार खेले । हाम्रो लक्ष्य सबै खेलमा उच्च प्रदर्शन गर्दै फाइनल पुग्ने थियो र त्यसमा हामी सफल भएका छौं ।”

मार्टिनेजले पेनाल्टी रोक्ने मात्र नभई टोलीको रक्षापङ्तीमा महत्वपूर्ण भूमिका निभाइरहेको मेस्सीले बताए। मेस्सीले टोलीको डिफेन्स लाइनअपको पनि प्रशंसा गरे। मार्टिनेजले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट यसै वर्ष डेब्यु गरेका हुन् । राष्ट्रिय टोलीमा डेब्यू गरेको शुरुवाती समयमै उत्कृष्ट प्रदर्शन गरेपछि उनकोए चर्चा थप चुलिएको छ।

प्रकाशित : बुधबार, असार २३, २०७८११:३१

अन्ततः पूरा भयो नेयमारको चाहना !