युरो २०२०: एरिकसन प्रेरित डेनमार्कले हराउला त इंग्ल्यान्डलाई ?

आज राती युरो २०२० को दोस्रो सेमी-फाइनल खेल हुँदैछ। गयराती भएको पहिलो सेमी-फाइनलमान स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको छ। आज हुने दोस्रो सेमी-फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ।

युक्रेनलाई ४-० ले पराजित गर्दै सेमी-फाइनल प्रवेश गरेको इंग्ल्यान्ड र चेक गणतन्त्रलाई २-१ ले पराजित गर्दै सेमी-फाइनलको टिकेट पक्का गरेको डेनमार्क बीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ। बलियो मानिएको इंग्ल्यान्डले प्रतियोगिताको यस चरणसम्म आइपुग्दा पनि कुनै गोल खाएको छैन ।

त्यस्तै, पहिलो खेलमा नै आफ्ना स्टार खेलाडी क्रिस्तियन एरिकसनलाई हृदयघातका कारण गुमाएको डेनमार्कले पहिलो २ खेलमा एक अंक पनि बटुल्न सकेको थिएन । तर त्यसपछि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको डेनमार्कलाई कम्जोर ठान्नु इंग्ल्यान्डको भुल हुनेछ । वेम्ब्ली स्टेडियम हुने खेलमा थ्री लायन्सलाई घरेलु मैदान तथा दर्शकको पनि फाइदा हुनसक्छ।

यी दुई टोली बीचका पछिल्ला २ खेलमा कुनै पनि खेलमा इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्न सकेको छैन। पछिल्ला २ खेलमा एक खेल ०-० को बराबरीमा सकिएको थियो भने एक खेलमा डेनमार्क १-० ले विजयी भएको थियो।

प्रकाशित : बुधबार, असार २३, २०७८१६:२२

ओलम्पिकका लागि छनोट हुनेमा चार महिला, एक जना मात्र पुरुष ! को-को ?