इंग्ल्याण्ड भर्सेस डेनमार्क: यस्तो छ विगत !

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्याण्डले डेनमार्कको सामना गर्दैछ। २५ वर्ष भन्दा बढी समय पश्चात युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएका दुवै टोली आज फाइनलमा प्रवेश गर्ने योजनामा हुनेछन्।

इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने डेनमार्क चेक गणतन्त्रलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

इंग्ल्याण्ड र डेनमार्क बीच अहिले सम्म २१ पटक भेट भएको छ। जसमा १२ पटक इंग्ल्याण्डले जित्दा डेनमार्कले मात्रै ४ पटक जितेको छ। त्यस्तै ५ खेल भने बराबरीमा टुंगिएको छ। इंग्ल्याण्डले अहिले सम्म डेनमार्कको पोस्टमा ३६ गोल गरिसकेको छ भने डेनमार्कले इंग्ल्याण्ड विरुद्ध २० गोल गरेको छ।

युरोपेली च्याम्पियनसिप अन्तर्गतको खेलमा दुई टोली बीच ५ पटक भेट भएको छ। त्यसक्रममा इंग्ल्याण्डले २ खेलमा जित निकाल्दा डेनमार्क एक खेलमा विजयी भएको छ।

इंग्ल्याण्डले डेनमार्कलाई पछिल्लो ६ भेटमा एकपटक मात्र हराउन सकेको छ। सन् २००२ को राउन्ड अफ १६ मा डेनमार्कलाई हराएयता इंग्ल्याण्डले डेनमार्क विरुद्ध जित निकाल्न सकेको छैन। उक्त खेलमा इंग्ल्याण्ड ३-० ले विजयी भएको थियो।

त्यस्तै सन् १९९२ को युरोमा डेनमार्कले उपाधि जित्दा समूह चरणको खेलमा डेनमार्क र इंग्ल्याण्डले बराबरी खेल्दै अंक बाँढेका थिए। त्यसखेलमा कुनै पनि टोलीले गोल गर्न सफल भएका थिएनन्। गत वर्ष नेसन्स लिगमा इंग्ल्याण्डले डेनमार्कसँगका दुई खेल मध्ये एक खेलका हार बेहोरेको थियो भने एक खेलमा बराबरी खेलेको थियो।

प्रकाशित : बुधबार, असार २३, २०७८१७:३८

रोनाल्डोसँग केनको तुलना, रोनाल्डो जतिकै खतरनाक भएको टिप्पणी !