रोनाल्डोसँग केनको तुलना, रोनाल्डो जतिकै खतरनाक भएको टिप्पणी !

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्याण्डले डेनमार्कको सामना गर्दैछ। २५ वर्ष भन्दा बढी समय पश्चात युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएका दुवै टोली आज फाइनलमा प्रवेश गर्ने योजनामा हुनेछन्।

इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने डेनमार्क चेक गणतन्त्रलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। इंग्ल्याण्ड र डेनमार्क बीच फाइनल प्रवेशका लागि खेल हुँदै गर्दा डेनमार्कका पूर्व प्रशिक्षक आगे हरेइदेले इंग्लिस टोलीका कप्तान ह्यारी केनको प्रशंसा गरेका छन् ।

एक मिडियासंग बोल्नेक्रममा हरेइदेले इंग्ल्याण्डका कप्तान केनको खुलेर प्रशंसा गरेका हुन्। हरेइदेले केन पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो जतिकै खतरनाक रहेको बताए। सेमिफाइनलमा केन निर्णायक बन्ने सम्भावना रहेको उनको भनाई छ।

मौका मिलेको खण्डमा केनले सहि प्रहार गर्दै टोलीलाई जित तर्फ अगाडी बढाउने क्षमता रहेको हरेइदेले बताए। देख्दा केन यता-उति गरिरहेजस्तै देखिए पनि सहि समयमा गोल गर्न सक्ने खेलाडी रहेको हरेइदेको भनाई छ।

“केन आक्रमणमा यताउति गरिरहेको देखिन्छ । लाग्छ उनी खेलमा छैनन् । तर जब स्टर्लिङ, सान्चो वा ग्रिलिसले एक्कासी पास दिन्छन्, केन गोल गर्नका लागि त्यहाँ उपलब्ध हुन्छन्।”,हरेइदेले भने,”केन क्रिस्टियानो रोनाल्डो जतिकै खतरनाक छन्। उनले अवसर पाए भने गोल गर्न सक्छन् ।”

इंग्ल्याण्ड भर्सेस डेनमार्क: यस्तो छ विगत !

प्रकाशित : बुधबार, असार २३, २०७८१७:४९

कोपा अमेरिका २०२१: गोल्डेन बुट मेस्सीले जित्ने पक्का ! को-को छन् गोल्डेन बुट रेसमा ? [सूची सहित]