विश्वकपमा अर्जेन्टिना माथि ब्राजिल हावी, कोपा अमेरिकामा अर्जेन्टिना, यस्तो छ इतिहास !

एजेन्सी – सेमिफाइनलका दुवै खेल सकिएसँगै कोपा अमेरिका २०२१ समाप्तिको उत्तरार्धमा छ। आउने केहि दिनमै प्रतियोगोताको च्याम्पियनको टुंगो लाग्नेछ। कोपा अमेरिका २०२१को उपाधिका लागि दक्षिण अमेरिका मात्र नभई विश्वकै फुटबल महारथी देश मानिने ब्राजिल र अर्जेन्टिना भिड्नेछन्। खेल आउने आइतबार बिहान बिहानको ५ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

दक्षिण अमेरिका सँग-सँगै विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिना धेरै लामो समय देखि एक अर्काका प्रतिष्पर्धीको रुपमा रहेका छन्। ब्राजिल र अर्जेन्टिना बीच अहिले सम्म १ सय भन्दा बढी पटक भेट भएको छ। जसमा ब्राजिल अलि बढी हावी देखिएको छ।

के भन्छ तथ्यांक ?

फुटबल हेर्ने सर्वोच्च संस्था फिफाका अनुसार ब्राजिल र अर्जेन्टिना बीच मैत्रीपूर्ण खेल सहित १ सय ५ पटक भेट भएका छन्। त्यसमा ब्राजिलले ४१ तथा अर्जेन्टिनाले ३८ जित निकाल्दा २६ खेल बराबरीमा टुंगिएको छ। ब्राजिलले अर्जेन्टिनाको पोस्टमा १ सय ६३ गोल गरिसकेको छ भने अर्जेन्टिनाले ब्राजिल विरुद्ध १ सय ६० गोल गरेको छ।

विश्वकप खेलहरुको कुरा गर्दा ब्राजिल अर्जेन्टिना भन्दा केहि अगाडी देखिन्छ। विश्वकप फुटबलमा ब्राजिलले अर्जेन्टिना विरुद्ध दुई जित निकाल्दा अर्जेन्टिनाले एक मात्र खेल जितेको छ। त्यस्तै एक खेल भने बराबरीमा टुंगिएको छ।

त्यस्तै कोपा अमेरिकामा भने ब्राजिल माथि अर्जेन्टिना हावी देखिन्छ। कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिना बीच ३३ पटक भेट भएको छ। जसमा अर्जेन्टिनाले १५ पटक जितेको छ भने ब्राजिलले मात्र १० पटक जितेको छ। बाँकी ८ खेल भने बराबरीमा टुंगिएको छ।

अहिले सम्म अर्जेन्टिना १४ पटक कोपा अमेरिका च्याम्पियन बनेको छ भने ब्राजिल ९ पटक कोपा अमेरिका च्याम्पियन बनेको छ। विश्वकप जित्ने मामलामा अर्जेन्टिना भन्दा ब्राजिल अगाडी छ। ब्राजिलले अहिले सम्म ५ पटक विश्वकप जितिसकेको छ भने अर्जेन्टिनाले २ पटक विश्वकप जितेको छ।

प्रकाशित : बिहिबार, असार २४, २०७८१६:२३

घाइते भएर क्लब डुबाउनेमा हाजार्ड सबै भन्दा अगाडी, कौटिन्हो र नेयमार दोस्रो र तेस्रो ! अरु को-को ?[सूची सहित]