पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ५१ हजार ३८० पुगेको छ भने एन्टिजेन विधिबाट ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ।
थप ५ हजार ३७४ जनाको पिसिआर परीक्षण तथा ५ हजार १३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार २१८ तथा एन्टिजेनबाट ६५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३३ लाख ९६ हजार ७५३ जना पुगेको छ । हालसम्म ६ लाख १५ हजार ६१३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २९ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ३२० पुगेको छ।

