ब्राजिल भर्सेस अर्जेन्टिना: कोपा अमेरिकाका पाँच खेलमा अर्जेन्टिनाले ब्राजिललाई कति पटक हरायो ?

एजेन्सी – कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना आमने सामने हुँदैछन्। दक्षिण अमेरिकाको च्याम्पियन बन्न दुई देश बीच हुने खेलमा पूरा विश्वको नजर हुनेछ।

पछिल्लो पटक ब्राजिल र अर्जेन्टिना बीच सुपरक्लासिको डे लास अमेरीकामा भेट भएको थियो। उक्त खेलमा अर्जेन्टिना १-० गोल अन्तरले विजयी भएको थियो। सुपरक्लासिको डे लास अमेरीका ब्राजिल र अर्जेन्टिना बीच हुने उक्त मैत्रीपूर्ण प्रतियोगिता हो। उक्त खेलमा मेस्सीले गरेको गोल निर्णायक बनेको थियो। त्यस अगाडी सन् २०१९ को कोपा अमेरिकामा पनि ब्राजिल र अर्जेन्टिना आमने सामने भएका थिए। प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेर प्रतियोगिता जितेको थियो।

फुटबल हेर्ने सर्वोच्च संस्था फिफाका अनुसार ब्राजिल र अर्जेन्टिना बीच मैत्रीपूर्ण खेल सहित १ सय ५ पटक भेट भएका छन्। त्यसमा ब्राजिलले ४१ तथा अर्जेन्टिनाले ३८ जित निकाल्दा २६ खेल बराबरीमा टुंगिएको छ। ब्राजिलले अर्जेन्टिनाको पोस्टमा १ सय ६३ गोल गरिसकेको छ भने अर्जेन्टिनाले ब्राजिल विरुद्ध १ सय ६० गोल गरेको छ।

सुपरक्लासिको डे लास अमेरीकालाई नगन्ने हो भने मूख्य अन्तराष्ट्रिय प्रतियोगिताको कुरा गर्नुपर्दा पछिल्ला पाँच खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छैन।

कोपा अमेरिकाका पछिल्ला पाँच खेलमा ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदाको नतिजा निम्न छ –

कोपा अमेरिका २०१९

सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा दुई देश बीच भेट भएको थियो। त्यसक्रममा गेब्रिएल जीसस र रोबर्टो फिर्मिनोले गोल गर्दा ब्राजिल २-० ले विजयी भएको थियो।

कोपा अमेरिका २००७

सन् २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३-० ले हराउँदै उपाधि जितेको थियो। उक्त खेलमा ब्राजिलका जुलियो बपटिस्टा र डानि एल्भेसले गोल गरेका थिए। एक गोल भने अर्जेन्टिनाको आत्मघाती गोल थियो।

कोपा अमेरिका २००४

सन् २००४ को कोपा अमेरिकाको फाइनलमा पनि ब्राजिल र अर्जेन्टिना बीच भेट भएको थियो। उक्त खेल २-२ को बराबरीमा टुंगिएको थियो। टाइब्रेकरमा ब्राजिल ४-२ ले विजयी भएको थियो।

कोपा अमेरिका १९९९

सन् १९९९को कोपा अमेरिकाको क्वाटरफाइनलमा दुई देश आमने सामने भएका थिए। त्यसखेलमा ब्राजिल २-१ ले विजयी भएको थियो।

त्यस्तै सन् १९९५ को कोपा अमेरिकामा पनि दुई देश क्वाटरफाइनलमै भिडेका थिए। उक्त खेलमा पनि ब्राजिल पराजित भएको थियो। पेनाल्टी शुटआउटमा ब्राजिल ४-२ले विजयी भएको थियो।

प्रकाशित : शनिबार, असार २६, २०७८०९:५५

यदि यस्तो भए मात्र रोनाल्डोले गोल्डेन बुट जित्नेछैनन् …