एजेन्सी – जारी युरोपेली च्याम्पियनसिपबाट पूर्व च्याम्पियन पोर्चुगल बाहिरिसकेको छ। नकआउट चरणमा बेल्जियमसँग १-० गोल अन्तरले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट आउट भएको हो।
पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपनि क्रिस्टियानो रोनाल्डो प्रतियोगिताको शिर्ष गोलकर्ता कायम छन्। पोर्चुगल अन्तिम १६ सम्म पुग्दा ५ गोल गरेका रोनाल्डोलाई फाइनल सम्म आइपुग्दा कसैले पनि पछाडी पार्न सकेका छैनन्। रोनाल्डो ३६० मिनेट खेल्दै ५ गोल को अलावा १ असिस्ट पनि दिएका छन्।
रोनाल्डोका निकटतम प्रतिद्वन्दी प्याट्रिक सिक छन्। उनले प्रतियोगितामा अहिले सम्म मिनेट खेल्दै ५ गोल गरेका छन्। तर चेक रिपब्लिक प्रतियोगिताबाट आउट भैसकेको छ। उनले रोनाल्डोलाई उछिन्ने अर्थ नै रहँदैन।
युरो कपको गोल्डेन बुट दौडमा रोनाल्डो सबै भन्दा अगाडी छन्। गोल्डेन बुट दौडमा रोनाल्डोलाई अब कसैले भेट्टाउन सक्छन् भने ती इंग्ल्याण्डलका ह्यारी केन हुन्।
केनले अहिले सम्म ४ गोल गरिसकेका छन्। यदि रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्ने हो भने केनले कि दुई गोल गर्नुपर्नेछ, कि एक गोल सँगै एक असिस्ट दिनुपर्ने हुन्छ। दुई मध्ये कुनै पनि कमाल देखाउन सकेको खण्डमा रोनाल्डोलाई उछिन्दै केनले गोल्डेन बुट जित्नेछन्।
त्यस्तै इंग्ल्याण्डका रहीम स्टर्लिङले अहिले सम्म ३ गोल गरेका छन्। रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्न उनले फाइनलमा ह्याट्रिक गर्नुपर्नेछ अथवा २ गोल सँगै एक असिस्ट दिनुपर्नेछ।
फाइनलमा पुगेको अर्को देश इटालीका खेलाडीहरुले रोनाल्डोलाई भेट्ने सम्भावना खासै देखिँदैन। इटालीका सीरो इम्मोबाइल र लोरेन्जो इन्सिग्नेले प्रतियोगीतामा २-२ गोल गरेका छन्। दुवैले आउने खेलमा कम्तिमा ह्याट्रिक गरेर मात्र पुग्दैन, असिस्ट पनि दिनुपर्ने हुन्छ।

