विश्व प्रसिद्ध इटालियट ब्रान्डकाे मोटरसाइकल नेपालमा उपलब्ध ! कति पर्छ मूल्य ?

काठमाडौ । विश्वभर ३ सय युनिट मात्रै उत्पादन भएको विश्व प्रसिद्ध इटालियट ब्रान्ड एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल नेपाल भित्रिएको छ । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक एसजे मोटोले नेपाली बजारमा भित्र्याएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उक्त बाइकलाई एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले नेपाल भित्र्याएका हुन् । एमभी अगस्टा एफथ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन रहेका छ । यसमा अत्याधुनिक प्रविधिका साथै ब्रान्ड भ्याल्यु पहिचान गर्ने सबै फिचर उपलब्ध रहेका छन् ।

सुपरभेलोस सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर पावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ । एजेन्सीका अनुसार, एमभी अगस्टा सुपरभेलोस सिरी ओरो हालसम्म ३ सय युनिट मात्रै उत्पादन भएको जनाएको छ ।

त्यसमध्ये एक युनिट नेपाली बजारमा सौरभ ज्योतिले ल्याएका हुन । ३ सय मध्ये १४४ युनिट विश्वभर बिक्री भइसकेका छन् । नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा यसको रेगुलर भेरिएन्ट भने बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित : शनिबार, असार २६, २०७८१०:१२

जसपा खारेजको माग, पूर्व पार्टी ब्युताउने तयारी !