मेष (चु चे चो ला लि लु ले लो अ)
ज्यादै परिश्रम गरेपछि मात्रै आँटेका काम सम्पन्न हुनेछन् । बाधा दिने प्रशस्त छन् भने मद्दत गर्ने थोरैमात्र छन् । घरपरिवारमा राम्रै वातावरण रहला । आर्थिक स्थिति मध्यमखालको रहनेछ । व्यापार व्यवसायको क्षेत्रमा सामान्य प्रगतिमात्र होला ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
सातालाई सुधारिएका रूपमा देख्न सकिन्छ । शनिबारको दिन कुनै वस्तु बिग्रने वा हराउने सम्भावना छ । त्यसपछिका दिन भने सामान्यखालका छन् । मनमा अलि–अलि शङ्का र भय भए पनि त्यसलाई निराकरण गर्न सक्ने क्षमता छ । मित्रहरूबाट राम्रै सहयोग मिल्ला ।
मिथुन (का कि कु घ ङ छ के को हा)
साताको सुरुवात मनोरञ्जनले भरिएला । तैपनि मनमा भय र शङ्काको बादल भने हट्ने छैन । हातले समातेको व्यवसायबाट पनि ठूलो लाभ मिल्लाजस्तो छैन । ठोस निर्णय लिन सक्ने क्षमतामा कमी छ । पढाइ र लेखाइतिर सामान्य गतिमात्र चल्ला।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
खर्च अझै पनि घट्लाजस्तो छैन । अत्यावश्यक काममा भन्दा बेकारका काममै बढी खर्च हुन जानेछ । बौद्धिक स्तर सप्रिएको देखिन्न । बाधा दिने प्रशस्तै छन् । मित्रहरूको सीमित सङ्ख्याले मात्र त्यसलाई पूर्ति गर्न सकिने छैन । शिवजीको आराधना गरिरहनुहोस् ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
साताका धेरै दिन राम्राखालका छन् । खर्च नघटे पनि आम्दानी मनग्गै हुनाले ठूलो समस्या पर्लाजस्तो छैन । बौद्धिकखाले काममा प्रगति राम्रो होला । खासगरेर प्राविधिक क्षेत्रमा सफलता छ । घरपरिवारबाट पाएको सहयोगले तपाईंलाई राम्रो टेवा दिनेछ ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
मध्यमखालको साता देखिन्छ । आधा काम बन्ला भने आधा त्यसै बाँकी रहनेछन् । बिग्रने स्थिति भने छैन । व्यापार व्यवसायको कामबाट फाइदै हुनेछ । बौद्धिक काममा ढिलो भए पनि क्रमिक प्रगति हुँदै जाला । मङ्गलबार र बुधबार अत्यधिक खर्च हुनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते)
मनमा रहेको भयको वातावरण बिस्तारै घट्दै जाला । काम गर्नेतिर एउटा निश्चित निर्णयसमेत लिनुहुनेछ । वैवाहिक काममा भने हाल केही बाधा भएको अनुभूति हुनेछ । देवीको आराधनाले त्यस्ता बाधालाई हल गर्न मद्दत मिल्ला । जागिरतिर मध्यम स्थितिमात्रै छ ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
पहिलेजस्तो कठिन स्थिति छैन । आइतबारदेखिका दिन क्रमिक सुधार हुनेखालका छन् । आर्थिक स्थिति मध्यमखालको रहला । पढाइमा समेत प्रगति हुनेबखत छ । बाधा दिने तŒव बिस्तारै सेलाउँदै छन् । देवीको आराधना भने गरिरहनुहोस् ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
निरर्थक यात्रा धेरै होला । त्यसबाट खास प्राप्ति हुने देखिन्न । व्यापारका क्षेत्रमा पनि हाल ठोस प्रगति गर्नुहोला जस्तो छैन । स्वास्थ्यस्थिति मध्यममात्र रहला । बरु मङ्गलबार सानोतिनो चोटपटकसमेत लाग्न सक्छ । त्यसैले सतर्क भएर हिँड्नुहोस् ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
समस्या निकै आउनेछन् तर त्यसलाई समाधान गर्न सक्नुहुन्छ । विपक्षीसँग मुकाबिला गर्न सक्ने क्षमता प्रशस्त छ । लेखाइमा कम र पढाइमा बढी समय जाला । जागिरको कामबाट मात्रै समस्या समाधन हुन गाह्रो छ । व्यवसायतिर पनि ध्यान दिनुहोस् ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
खर्च त घट्ने छैन तर आम्दानीको स्रोत बलियो हुनाले त्यति समस्या पर्ने देखिन्न । प्राविधिकखाले व्यापारबाट राम्रो लाभ लिन सक्नुहुनेछ । मित्रहरूबाट प्राप्त हुने सहयोग भने त्यति ठूलो देखिन्न । विपक्षी भए पनि हाल तिनीहरूबाट ठूलो खतरा हुने छैन ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
सुरुको दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । त्यसैले सोमबारसम्म ठूलो काम सम्पन्न होलाजस्तो छैन । मङ्गलबारदेखिका दिन राम्रा छन् । व्यवसायबाट अलि–अलि भए पनि लाभ भइरहला । हाललाई नोकरीको क्षेत्रबाट पनि दैनिक समस्या समाधान गर्न टेवा मिल्नेछ ।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य

