गोल्डेन बुटमा रोनाल्डोलाई केनको च्यालेन्ज, सक्लान् रोनाल्डोलाई पछि पार्न ?

एजेन्सी – पोर्चुगल युरो २०२० को प्रि क्वार्टरफाइनलबाट बाहिरिएको थियो । तर , पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो व्यक्रिगत उपाधिका रुपमा रहेको गोल्डन बुटको दौडमा भने यथावत छन् ।

युरो २०२० को फाइनलमा पुगेको इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङ रोनाल्डोलाई पछ्याइरहेका छन् । यसपटक रोनाल्डोले खेलेका सबै खेलमा गोल गर्दै आफनो नाममा ५ गोल लेखाएका छन् । चेक गणतन्त्रका प्याट्रिक सिकले पनि ५ गोल गरेका थिए । तर, रोनाल्डोको भन्दा उनले कम एसिस्ट गरेका छन् । केनले ४ र स्टर्लिङले ३ गोल गरेका छन् ।

आइतबार राती नेपाली समय अनुसार १२:४५ बजे वेम्ब्लीमा हुने युरो फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ । सन् १९६६ पछि इंग्ल्यान्ड महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुगेको छ । सोही फाइनलमा केन र स्टर्लिङले गोल्डेन बुटका लागि दाबेदारी बढाउन सक्छन् ।

केनले जर्मनी र डेनमार्कविरुद्ध समान १ तथा युक्रेनविरुद्धको क्वार्टरफाइनलमा २ गोल गरेका थिए । अब इटालीविरुद्ध दुई गोल गरे उनले गोल्डेनबुट जित्नेछन् । एक गोल गरेको खण्डमा भने असिस्ट पनि गणना हुनेछ । यस्तो अवस्थामा १ असिस्टका साथ रोनाल्डो अघि छन् । गोल र असिस्ट समान भए खेलको समय हेरिनेछ, र त्यसमा पनि रोनाल्डो नै अघि छन् ।

यदि केनले फाइनलमा एक गोल गरे भने इंग्ल्यान्डका लागि युरोमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् । उनले सेमिफाइनलमा गेरी लिनेकरको १० गोलको कीर्तिमान बराबरी गरेका थिए ।

उच्च फर्ममा रहेका स्टर्लिङ जारी युरोमा केन भन्दा १ गोलले पछाडि रहेका छन् । गोल्डेन बुटको सम्भावनालाई बलियो बनाउन उनले कम्तीमा २ गोल गर्नुपर्नेछ । स्टर्लिङले क्रोएसिया, जर्मनी र चेक गणतन्त्रविरुद्ध गोल गरेका थिए ।

प्रकाशित : आइतबार, असार २७, २०७८१९:५५

रोनाल्डो भर्सेस मेस्सी: अन्तर्राष्ट्रिय प्रतियोगितामा को अब्बल ? कसको कति गोल ? [पूर्ण तथ्यांक सहित]