एजेन्सी – युरोपेली च्याम्पियनसिपको १६औं संस्करणमा पूर्व च्याम्पियन पोर्चुगल अन्तिम १६ भन्दा अगाडी बढ्न सकेन। अन्तिम १६ मा बेल्जियम विरुद्ध भएको खेलमा जित निकाल्न नसक्दा पोर्चुगलको उपाधि रक्षा गर्ने अभियान टुंगिन पुग्यो।
यस पटकको युरोपेली च्याम्पियनसिपमा पिर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपनि बेल्जियम विरुद्ध खासै जम्न सकेनन्। फलस्वरूप पोर्चुगल अगाडी बढ्न सकेन।
रोनाल्डोले प्रतियोगितामा ५ गोल गरे। युरोपेली च्याम्पियनसिपको १६औं संस्करणमा रोनाल्डोले विभिन्न रेकर्डहरु समेत तोडे। प्रतियोगिताको फाइनल सम्म आइपुग्दा समेत रोनाल्डो सर्वाधिक गोलकर्ताकै रुपमा छन्। उनलाई कुनै पनि खेलाडीले पछाडी पार्न सकेका छैनन्।
रोनाल्डो युरोपेली च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण चर्चामा रहिरहँदा उनका प्रतिष्पर्धी खेलाडी मानिने अर्जेन्टिनामा लियोनेल मेस्सी पनि चर्चामा रहे। मेस्सीले पनि कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरे।
प्रतियोगितामा मेस्सीले ४ गोल गर्दै ५ असिस्ट दिए। प्रतियोगितामा अर्जेन्टिनाको तर्फबाट १२ गोल भए। त्यस मध्ये अधिकांशमा मेस्सीको भूमिका रह्यो। प्रतियोगितामा सातै खेल खेलेका मेस्सीको ९ गोलमा भूमिका रह्यो।
मेस्सीकै उत्कृष्ट प्रदर्शनका कारण प्रतियोगिताको फाइनल सम्म पुगेको अर्जेन्टिनाले आइतबार कोपा अमेरिका जित्यो। क्लब फुटबलमा सम्भव भएको सबै उपाधि जित्न सफल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अन्तराष्ट्रिय उपाधि खडेरी समेत तोडियो। रोनाल्डोसँग तुलना हुँदा मेस्सी अन्तराष्ट्रिय उपाधिमा पछि पर्ने गरेका थिए। तर अवस्था त्यस्तो रहेन। आइतबारबाट मेस्सी कोपा अमेरिका च्याम्पियन बनेका छन्।
अन्तराष्ट्रिय प्रतियोगितामा मेस्सी भर्सेस रोनाल्डो
विश्वकप र महादेशीय फुटबलमा मेस्सी र रोनाल्डो विगत १४-१५ वर्ष देखि देखा परिरहेका छन्। सन् २००४ को युरोकप यता रोनाल्डो लगातार अन्तराष्ट्रिय प्रतियोगितामा देखापरिरहेका छन् भने मेस्सी सन् २००६ को विश्वकप यताका अन्तराष्ट्रिय प्रतियोगितामा परिरहेका छन्।
रोनाल्डोले विश्वकप र महादेशीय फुटबल प्रतियोगितामा २१ गोल गरेका छन् भने मेस्सीले १९। त्यसमध्ये रोनाल्डोले १ गोल फ्रिकिक र ३ गोल पेनाल्टीमा गरेका हुन्। त्यस्तै मेस्सीले ५ फ्रिकिक गोल र १ पेनाल्टी गोल गरेका छन्।
रोनाल्डोको गोल
| प्रतियोगिता | गोल |
|---|---|
| युरोकप 2004 | २ |
| विश्वकप 2006 | १ |
| युरोकप 2008 | १ |
| विश्वकप 2010 | १ |
| युरोकप 2012 | ३ |
| विश्वकप 2014 | १ |
| युरोकप 2016 | ३ |
| विश्वकप 2018 | ४ |
| युरोकप 2020 | ५ |
| कुल गोल संख्या | २१ |
मेस्सीको गोल
| प्रतियोगिता | Goals |
|---|---|
| विश्वकप २००६ | १ |
| कोपा अमेरिका २००७ | २ |
| विश्वकप २०१० | ० |
| कोपा अमेरिका २०११ | ० |
| विश्वकप २०१४ | ४ |
| कोपा अमेरिका २०१५ | १ |
| कोपा अमेरिका २०१६ | ५ |
| विश्वकप २०१८ | १ |
| कोपा अमेरिका २०१९ | १ |
| कोपा अमेरिका २०२१ | ४ |
| कुल गोल संख्या | १९ |
| खेलाडी | फ्रिकिक | पेनाल्टी |
|---|---|---|
| लियोनेल मेस्सी | ५ | १ |
| क्रिस्टियानो रोनाल्डो | १ | ३ |

