अदालतको फैसलाको विरुद्धमा सडकमा उत्रिए ओली समर्थक [तस्बीर दहित]

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै ओली समर्थक सडकमा उत्रेका छन्। राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो।

जेठ ७ गते मध्यरातमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक बोलाएर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए । अदालतको फैसालासँगै युवा संघका नेता कार्यकर्ताहरु कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा उत्रिएका हुन्।

“अदालतको सबै फैसला मानिंदैन” , “देशको मुहार ओलीले मात्र फेर्न सक्छन्,” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

प्रकाशित : सोमबार, असार २८, २०७८१५:२३

सर्वोच्चको फैसालापछि दिपकराज गिरीको टिप्पणी: “४ वर्ष लगाएर कस्तो चाहिं संविधान बनाएछन् त, कठै”