फाइनलपछि कोका-कोला पिउँदै बोनुचीले जिस्काए रोनाल्डोलाई ? [भिडियो सहित]

युरोपियन च्याम्पियन बनेपछिको पहिलो पत्रकार सम्मेलनमा इटालीका डिफेन्डर लियोनार्दो बोनुचीले प्रेस सम्मेलन सुरु गर्नु अघि प्रतियोगिताका प्रायोजक पेय सेवन गरे।

प्रतियोगिताको प्रारम्भिक चरणमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कोका-कोला पाखा लगाउँदै पानी पिउन भनेपछि पूरा विश्व जगतमा नै तहल्का मच्चिएको थियो। रोनाल्डोले एक प्रेस सम्मेलनमा आफ्नो अगाडी राखिएका कोका-कोलाका बोतललाई पाखा लगाउँदै पानी पिउनको लागि भनेका थिए। उनले आफ्नो स्वास्थ्यमा निकै ख्याल गर्ने भएकोले यस्तो गरेका थिए।

त्यसकै भोलिपल्ट फ्रान्सेली स्टार पल पोग्बाले प्रेस सम्मेलनमा आफू इस्लाम भएको नाताले बियरको बोतल हटाएका थिए। तर इटालियन डिफेन्डरले भने प्रेस सम्मेलन सुरु नै कोका-कोला र बियर पिएर गरेका थिए।

इटालीलाई युरोपियन च्याम्पियन बनाउनको लागि बोनुचीले निकै महत्वपूर्ण भूमिका निभाए। उनको र कियेलिनीको पार्टनरसिप पूरा प्रतियोगिताभर नै निकै सफल रह्यो। बोनुचीले फाइनल खेलमा इटालीको तर्फबाट बराबरी गोल पनि फर्काएका थिए।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८११:३०

नेइमारको नजरमा मेस्सीकै फुटबल जगतका सर्वोत्कृष्ट खेलाडी !