प्रियंकाले यस्तो फोटो साझा गर्दै भनिन्: कसले राम्रोसँग देखायो !

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्। उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहने प्रियंकाको इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्। उनी आफू गर्भवती भएपछि सामाजिक सञ्जालमा झनै सक्रिय देखिएकी छिन्।

प्रियंकाले दैनिक जसो नै केहि नौला नौला तस्बीरहरु इन्स्टाग्राममा साझा गर्ने गरेकी छिन्। कहिले बेबी बम्पको तस्बीरले सबै दर्शकको ध्यानाकर्षण गर्छिन् त कहिले आफ्ना पति र पेट भित्र रहेको बच्चासँग खेलिरहेको तस्बीरले। त्यस्तै, केहि समय अघि मात्र प्रियंकाले आफ्नो इन्स्टाग्राममा अकाउन्टमा एक रमाइलो तस्बीर साझा गरेकी छिन्।

उनले आफ्नो इन्स्टाग्राममा आफू आफ्ना पति आयुष्मान देशराज जोशी र देवर आसिरमान जोशीका साथै अन्य ६ साथी-भाईले बबी बम्प देखाएको तस्बीर साझा गरेकी छिन्। उनले यस्तो तस्बीर राखेर ८ जनालाई ट्याग गर्दै क्याप्सनमा लेखेकी छिन्,”कसले बम्प सबैभन्दा राम्रोसँग शो गरेको छ ? ल भोट गरम्।” उक्त पोस्टमा कमेन्ट गर्दै आसिरमानले लेखेका छन्,”तपाईंले, कुनै प्रतिस्पर्धा नै छैन। हरेक दिन बच्चाले नै जित्छ।”

गर्भवती अवस्थाका प्रियंकाका केहि तस्बीर : 

प्रकाशित : मङ्गलबार, असार २९, २०७८१३:३०

शिल्पाको नयाँ बोल्ड अवतार, भाइरल भए तस्विर ! [तस्विर सहित]