ग्रहहरुका राजा भनेर चिनिने सूर्य ग्रह यहि जुलाई १६ को दिन कर्कट राशिमा प्रवेश गर्नेछ। यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यो संक्रान्ति धार्मिक र ज्योतिषी दृष्टिकोणबाट धेरै विशेष मानिन्छ। सूर्य कर्कट राशिमा १७ अगस्टसम्म विराजमान रहनेछन्। सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ। मेष राशिमा उच्च रहने सूर्य ग्रह तुला राशिमा नीच रहन्छ। सूर्य ग्रहको कर्कट राशिमा हुने गोचरको प्रभावले चार राशिका मानिसलाई अशुभ फल दिनेछ । सूर्यको गोचर कुन-कुन राशिका लागि अशुभ रहन्छ त ? जान्नुहोस्….
धनु राशि
सूर्यको गोचरको प्रभावले यस राशिका मानिसलाई केहि क्षेत्रमा अशुभ परिणाम दिनसक्छ। स्वास्थ्यको विशेष ध्यान राख्नु पर्नेछ। छालासँग सम्बन्धित रोगहरू देखा पर्न सक्छ। तपाईंको बोली तथा क्रोधमा नियन्त्रण राख्नुहोस्, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। सरकारी क्षेत्रमा संलग्न मानिसको लागि भने यो समय अनुकूल रहनेछ।
मकर राशि
तपाईंलको वैवाहिक जीवनमा समस्या आउनसक्छ। जीवनसाथीसँग केहि कारणले मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सानो-सानो कुरा लिएर मदभेद पैदा हुनसक्छ। व्यापार व्यवसाय क्षेत्रमा पनि नोक्सान हुनसक्छ। विवाह सम्बन्धि वार्तामा ढिलाई होला। पिता पक्षबाट कार्यक्षेत्रमा समस्या पैदा हुनसक्छ। मानसिक तनाब बढ्न सक्छ।
कुम्भ राशि
सूर्यको गोचरले तपाईंको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। यस समयमा आफ्नो स्वास्थ्यका साथै जीवनसाथीको स्वास्थ्यको पनि ध्यान दिनुहोला। वैवाहिक जीवनमा समस्या आउनसक्छ। केहि क्षेत्रमा भने यो गोचर तपाईंको लागि सकारात्मक रहन सक्छ। यस अवधिमा तपाईं शत्रु माथि हावी हुनुहुनेछ। कानुनी मामिलामा भने नापरेकै राम्रो होला।
मीन राशि
मीन राशिका मानिसको प्रेम सम्बन्धमा समस्या आउनसक्छ। रिस तथा बोलीमा संयम राख्नुहोस्। व्यापारमा राम्रोसँग सोच विचार गरेर मात्र कुनै निर्णय लिनुहोला, अन्यथा तपाईंलाई नोक्सान हुनसक्छ। साथै पैसाको लेन-देन गर्दा विशेष ध्यान दिनुपर्नेछ। शिक्षाको क्षेत्रमा भने विद्यार्थी वर्गले राम्रो सफलता प्राप्त गर्नेछन्।