पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ५८ हजार ७७८पुगेको छ भने एन्टिजेन विधिबाट ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ।
थप ७ हजार ५८ जनाको पिसिआर परीक्षण तथा ३ हजार ९५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३४ लाख ३० हजार २२२ जना पुगेको छ । हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १२ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ४१२ पुगेको छ।