भोलि जनै पुर्णिमा, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको ३० गते बिहिवार इश्वी संवत २०१९ अगस्ट १४ तारिख, भोलि जनै पुर्णिमा अर्थात् क्वाँटी खाने दिन। भोलि काठमाडौंमा सूर्योदय बिहान – ५: ३४  बजे, सूर्यास्त साँझ – १८:४० बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

खानपानमा होसियार हुनुपर्ने छ अन्यथा स्वास्थ्यमा नकारात्मक समस्या आइपर्ने छ।  सरकारी कार्यबाट लाभ उठाउन सकिने छ।  घरायसी काममा नै अल्झिने समय रहेको छ।  प्रयत्न ठुलै सफलता हात लागि हुनेछ। आध्यात्मिक सिद्धि प्राप्त हुने समय रहेको छ।  पारिवारिक वातावरण सुखमय बित्नेछ।  समग्रमा तपाईका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

व्यापार व्यवसायका लागि समय सामान्य रहेको छ।  भविष्यका लागि दिर्घकालिन योजना बनाउने समय रहेको छ।  वैदेशिक यात्रा सुखद रहेको छ।  धार्मिक यात्राको सम्भावना रहेको छ।  कार्यभार बढ्ने छ।  स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले बिशेष सजकता अपनाउनु पर्नेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

पारिवारिक जमघटले मन रमाउने छ।  दैनिक कार्यमा ढिलासुस्ती देखिने छ। बाणी तथा व्यवहारमा संयमित हुनु पर्नेछ।  मान सम्मान भंग हुने समय रहेको छ विचार पुर्याउनु होला। धार्मिक कार्यमा मन जानेछ।  आध्यात्म र इश्वरभक्तिमा लिन हुनाले हरेक समस्याबाट छुटकारा पाइने छ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

अवसरको खोजीमा केहि दौडधुप गर्नु पर्नेछ। फलदायी काममा लगानी बढाउने समय रहेको छ।  बैदेशिक यात्रा सुखद रहेको छ।  मनोरन्जनात्मक कार्यको पछाडी समय व्यतित हुनेछ।  प्रेम तथा मित्रताको  बढ्न कसिने समय रहेको छ।  ठुलाबडाको साथ र सहयोग पाइने छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

कडा मेहनत गर्नाले प्रसस्त लाभ हुने देखिन्छ।  दैनिक कार्यमा ढिलासुस्ती देखिने छ।  परिश्रम गरे अनुरुप कम सफलता पाइने छ।  पारिवारिक बोझ बढ्ने छ।  शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनुहोला।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

अनावश्यक खर्चको मात्रा बढेर जानेछ।  पेटसम्बन्धी समस्याले सताउला।  खानपानमा बिशेष सावधानी अपनाउनु पर्नेछ। गरिएका कामको राम्रै मुल्यांकन पाइने छ।  आर्थिक कारोवारका क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्नेछ।  पढाई लेखाईको क्षेत्रमा समस्या देखिने छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

अध्ययन अध्यापनमा मन नगए पनि आत्मविश्वासमा भने वृद्धि हुनेछ। स्वास्थ्य अनुकुल रहनाले चिताएको काम बन्ने छ।  सकेसम्म यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।    परिवारका सदस्यका बिचमा अनावश्यक बेमेल उत्पन्न हुने छ। रोकिएका कामहरु बिस्तारै सम्पादन भएर जानेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

होसियारीका साथमा काम गर्नाले बिशेष फाइदा हुने देखिन्छ।  फाइदाको पछाडी दौडिदा साथी भाई टाढिने छन।  आर्थिक लाभको सम्भावना रहेको छ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  प्रतिष्पर्धाका बिचमा पनि बिजयी भइने छ।  छोटा तर रमणीय यात्राको सम्भावना रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा पछि परिनेछ। अनावश्यक धन खर्च हुनबाट बच्नु पर्नेछ।  सुखद समाचार सुन्ने अवसर मिल्नेछ। स्वादिष्ट भोजनमा मन रमाउने छ।  समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

अपेक्षा गरे अनुरुपको कार्यमा सफलता मिलनले मनमा उत्साह बढ्ने छ। परिवारमा मांगलिक कार्यको आयोजना हुने समभावना रहेको छ।  अधुरा रहेका कामहरु सजिलै संग सम्पादन भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

नसोचेको ठाउंबाट आर्थिक लाभ भएर जानेछ।  विभिन्न झैँ झमेला र बाध्यताका कारण मनले चिताएको  काम समयमा पुरा हुने छैन। स्वास्थ्यमा समस्या देखिने छ।  परिवारका सदस्यक बिचमा आपसी असमझदारी बढ्ने छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

आर्थिक लाभको  सम्भावना रहेको छ।  टाढाको यात्रा हुने योग रहेको छ।  सामाजिक तथा परोपकारी कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  नोकरी व्यवसायमा राम्रै फाइदा उठाउन सकिने समय रहेको छ।  धार्मिक तथा अध्यात्मिक कार्यमा मन जानेछ।

प्रकाशित : बुधबार, साउन २९, २०७६१४:५०

भोलि साउन ३१ गते शुक्रवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !