मेस्सीको मामलामा पिएसजीले आश मार्यो !

एजेन्सी – लगातार १६ वर्ष देखि रहेको क्लब बार्सिलोनासँगको सम्झौता सकिएपछि अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अहिले क्लबविहिन छन्। उनी अहिले कुनै पनि क्लबसँग अनुबन्धित छैनन्। क्लबबिहिन मेस्सीलाई पछिल्लो पटक फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले अनुबन्ध गर्ने प्रयास गरेको थियो।

पिएसजीले मेस्सी समक्ष विभिन्न प्रस्तावहरु राखेको खबरहरु आएका छन्। नेयमारलाई सन् २०२५ सम्म क्लबमै राख्न सफल भएको पिएसजीले मेस्सीलाई पनि भित्र्याउन हरसम्भव प्रयास गरेको बताइन्छ।

पिएसजीको तर्फबाट पर्याप्त प्रयास भएपनि सम्पूर्ण प्रयास खेर गएको स्पेनिस मिडियाहरुले जनाएका छन्। पिएसजीले राखेका सम्पूर्ण प्रस्ताव मेस्सीले अस्विकार गरेको स्पेनिस मिडियाहरुको दावी छ।

सम्पूर्ण प्रयास असफल भएपछि मेस्सी भित्र्याउने योजनाबाट पिएसजी ब्याक भएको बताइन्छ। पछिल्लो रिपोर्टका अनुसार मेस्सी पिएसजी कुनै पनि हालतमा आउँदैनन् भन्ने कुरामा पिएसजी विश्वस्त भएको छ।

मेस्सी र नेयमारको पुनर्मिलन असम्भव

लामो समय देखि चर्चा हुँदै आएको मेस्सी नेयमार पूनर्मिलन तत्कालका लागि टरेको छ। पछिल्ला घटनाक्रमहरु हेर्ने हो भने मेस्सी बार्सिलोनासँग अर्को सम्झौता गर्ने पक्षमा रहेको देखिएका छन्।

बार्सिलोना र मेस्सी बीच अर्को सम्झौता गर्ने विषयमा मौखिक सहमति भइसकेको खबरहरु पनि आएका छन्। यदि यस्तो भएको खण्डमा नेयमार मेस्सी पुनर्मिलन पर धकलिने छ।

नयाँ सम्झौताको तयारी

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा अहिले मेस्सीसँग नयाँ सम्झौता कसरी गर्न सकिन्छ भनेर अगाडी बढिरहेका छन्। मेस्सीलाई मनाएर कागजी प्रक्रिया छिट्टै सम्पन्न गर्ने उनको योजना छ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१६:००

२१ औं शताब्दीमा कसले जित्यो त सबैभन्दा बढी उपाधि ? मेस्सी आए टप ३ मा, रोनाल्डो पछि परे !