मंगल ग्रहले गर्दैछ राशि परिवर्तन, यी राशिका मानिसलाई रहनेछ कष्टकर !

मंगल ग्रह यहि २० जुलाईको दिन सिंह राशिमा प्रवेश गर्दैछ। यस राशिमा मंगल २० सेप्टेम्बरसम्म अवस्थित रहनेछ। ज्योतिषशास्त्रका अनुसार सबै नौ ग्रहहरूको आफ्नै प्रकृति र विभिन्न कारक तत्वहरू हुन्छन्। वैदिक ज्योतिषमा मंगललाई ग्रहहरुको सेनापति भनेर चिनिन्छ। साथै मगल ग्रहलाई भूमि पुत्र पनि भनिन्छ। मंगल, भूमि, रातो रगत, सैन्य शक्ति, युद्ध र क्रोध आदिको कारक हो। मंगल ग्रह मेष र वृश्चिक राशिका स्वामी ग्रह पनि हुन्। कर्कट राशिमा नीच हुने मंगल मकर राशिमा उच्च रहन्छ।

सिंह राशिमा मंगलको प्रवेशले चार राशिका मानिसले विभिन्न समस्याको सामना गर्नुपर्नेछ। जान्नुहोस् यी ४ राशिका बारेमा….

मेष राशि 

मंगल सिंह राशिमा प्रवेश गरेसँगै मेष राशिका मानिसको जीवनमा समस्या आइपर्न सक्छ। यस अवधिमा तपाईंको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ। गाडी चलाउँदा विशेष ख्याल राख्नुहोस् अन्यथा चोटपटक लाग्ने सम्भावना छ। आर्थिक स्थिति भने राम्रो नै रहनेछ।

कर्कट राशि 

सिंह राशिमा मंगल ग्रहको गोचरका कारण कर्कट राशिका व्यक्तिहरू निकै सावधान रहनुपर्नेछ। यस अवधिमा तपाईंले आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला, अन्यथा वाद-विवादमा फसिएला। आफ्नो क्रोधमा पनि नियन्त्रण राख्नुहोस्। धन बचत नहुँदा आर्थिक समस्याले सताउन सक्छ।

सिंह राशि 

यस अवधिमा तपाईंलाई अधिक रिस उठ्नेछ। अनावश्यक झै-झगडा हुनसक्छ। तपाईंको स्वभावमा अहंकार वृद्धि हुनसक्छ। जीवनसाथीसँग मनमुटाव हुनसक्छ। तपाईंको स्वास्थ्य कमजोर रहन सक्छ। त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।

धनु राशि 

धनु राशिका मानिसको लागि यो समय स्वास्थ्यको हिसाबले कष्टकारी रहन सक्छ। यस अवधिमा तपाईंले आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नु पर्दछ। रोजगार – व्यवसायमा सामान्य नतिजा प्राप्त गर्न सक्नुहुन्छ। गोचरको सम्पूर्ण अवधि तपाईका लागि सामान्य रूपमा लाभदायक हुन सक्छ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१३:५२

भोलि बिहानै ग्रहचक्रमा सूर्यको ठूलो परिवर्तन, कुन राशिलाई कस्तो प्रभाव ?