२१ औं शताब्दीमा कसले जित्यो त सबैभन्दा बढी उपाधि ? मेस्सी आए टप ३ मा, रोनाल्डो पछि परे !

गत आइतबार ब्राजिलको माराकाना स्टेडियममा भएको कोपा अमेरिका २०२१ को फाइनलमा घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बन्यो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको यो पहिलो अन्तराष्ट्रिय उपाधि थियो। यस भन्दा पहिले मेस्सीले २००८, २०१५ र २०१६ को कोपा अमेरिका फाइल र २०१४ को विश्वकप फाइनलमा हार बेहोरेका थिए।

तर अब भने मेस्सीको करियरमा अन्तराष्ट्रिय उपाधिको खडेरी पनि तोडिएको छ। यो उपाधि ३४ वर्षीय स्ट्राइकरको करियरको ३८ औं उपाधि थियो। यसको मतलब ६ पटकका ब्यालुन डी ओर विजेता २१ औं शताब्दीमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिन सफल भएका छन्।

उनले आफ्ना चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो भन्दा तीन उपाधि बढी जितेका छन् र पहिलो स्थानमा रहेका खेलाडी भन्दा अब मात्र ४ उपाधि पछाडी रहेका छन्।

२१ औं सबैभन्दा धेरै उपाधि जित्ने टप १० खेलाडी 

९= ज्लाटान इब्राहिमोभिक – ३२ उपाधि

९= आर्जेन रोबेन – ३२ उपाधि

८. सर्जियो बुस्केट – ३४ उपाधि

७. क्रिस्टियानो रोनाल्डो – ३५ उपाधि

४= जेरार्ड पिके – ३७ उपाधि

४= होसाम असौर – ३७ उपाधि

४= म्याक्सवेल – ३७ उपाधि

३. लियोनल मेस्सी – ३८ उपाधि

२. आन्द्रेज इनिएस्टा – ३९ उपाधि

१. ड्यानी आल्भेज – ४२ उपाधि

प्रकाशित : बुधबार, असार ३०, २०७८१७:१९

मैले ब्यालुन डी ओर नजित्ने कुनै कारण नै देख्दिन म त: जर्जिन्हो