कोरोना निको हुनेको भन्दा संक्रमितको सङ्ख्या झन्डै दोब्बर !

काठमाडौँ – नेपालमा थप २ हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ६० हजार ७८८ पुगेको छ ।

थप ८ हजार १०८ जनाको पिसिआर परीक्षण तथा ४ हजार ९१६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट २ हजार १० तथा एन्टिजेनबाट ८९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २४ हजार ७११ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ४२५ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४२५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा २९४, ललितपुरमा ६२ तथा भक्तपुरमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१८ सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १८ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४३० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१७:३१

एमालेप्रति जनताको भरोसा बढिरहेको मुख्यमन्त्री पौडेलको दावी !