काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द’विप्लव’बीच भेटवार्ता भएको छ । प्रचण्ड र विप्लव बीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो।
प्रचण्डलाई भेट्न विप्लव नेकपा नेता धर्मेन्द्र बास्तोला सहित खुमलटार पुगेको बताइएको छ। बुधबार साँझ विप्लव र प्रचण्ड बीच भेट भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी गराइन् ।
दुई नेता बीच लामो समय देखि भेटघाट हुन सकिरहेको थिएन। पार्टी माथि लागेको प्रतिवन्द हटेपछि मुलधारको राजनीतिमा सक्रिया भएका विप्लव पछिल्लो समय संगठन विस्तारमा सक्रिय छन्। प्रतिनिधिसभा विघटन हुँदा मौन रहेका विप्लवले विघटन फिर्ता भएपछि प्रचण्डसंग भेट गर्नुलाई महत्वका साथ हेरिएको छ।